१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न नदिने एमाले रणनीति

२१ जेष्ठ २०८०, आईतवार ०५:१७

जेठ २१, काठमाडौँ । प्रतिनिधिसभाको आजबाट बस्ने बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल हुँदैछ । अर्थमन्त्री डा प्रकाशशरण महतले गत जेठ १५ गते सदनमा पेस गरेको वार्षिक आयव्ययमाथि छलफल गर्ने कार्यसूची छ । 

तर, प्रमुख प्रतिपक्ष नेकपा एमालेले निस्कृय भैसकेको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै त्यो निर्णय नसच्चाएसम्म संसद् चल्न नदिने रणनीति बनाएको छ । साथै नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक भारतलाई दिएर त्यही बराबरको भूमि बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन सकिनेबारे दिएको अभिव्यक्तिको पनि जवाफ माग्ने भएको छ । 

‘यी दुवै विषयमा हामी संसद्मा प्रधानमन्त्रीको जवाफ माग्छौ’, एमाले प्रमुख सचेतक पदम गिरीले भने ,‘प्रधानमन्त्रीले माफी माग्नुपर्छ । यो नभएसम्म सदन अघि बढ्न सक्दैन ।’

राष्ट्रपतिले नागरिकता विधेयक राष्ट्रपतिले असंवैधानिक ढङ्गले प्रमाणीकरण गरेकाले सो निर्णय सच्चाउनुपर्ने एमालेको भनाइ छ । 

‘राष्ट्रपतिको नागरिकता विधेयक प्रमाणीकरण गर्ने कदम असंवैधानिक छ । यो संविधानको भावना र मर्मविपरित पनि छ’, प्रमुख सचेतक गिरीले  भने, ‘अर्कोतिर प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहको रुट लिएर कालापानी, लिपुलेक भारतलाई दिन सकिने भन्नेजस्तो राष्ट्रघाती अभिव्यक्ति दिनुभयो यो अत्यन्तै गैर जिम्मेवार र आपत्तिजनक छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट