२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

न्यायाधीशको पहिलो प्रश्न- पैसा खर्चेर शरणार्थी बनेर अमेरिका जान खोज्नेहरूलाई किन प्रतिवादी बनाइएन ?

२०८०, २१ जेष्ठ आईतवार ०७:१२

जेठ २१, काठमाडौँ |  नक्कली भुटानी शरणार्थी मुद्दामा सर्वोच्च अदालतमा सरकारी वकिलहरूले बहस सुरु गरेका छन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा मुद्दाको बहस भइरहेको छ ।

बहसको प्रारम्भमा नै न्यौपानेले जाहेरकर्ताहरूलाई पनि प्रतिवादी नबनाइएको विषयमा प्रश्न गरे ।

उनले सरकारी वकिललाई सोधे, ‘नक्कली शरणार्थी भनेर अमेरिका जान खोज्नु चाहिँ कानून विपरीत हो कि होइन ? आफूहरू पीडित भएको भनेर जाहेरी दिनेहरूलाई किन प्रतिवादी बनाइएन ?’

सरकारी वकिलले दायर गरेको मुद्दामा नक्कली शरणार्थीका नाममा अमेरिका पठाउन खोज्ने गिरोहका सदस्य र उनीहरूलाई सघाउने राजनीतिक प्रशासनिक व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ ।

नक्कली डकुमेन्ट बनाएर अमेरिका जान खोज्नेहरूलाई मुद्दामा नतानिएको विषयमा न्यायाधीशले प्रश्न गरेका हुन् । ८ जना सरकारी वकिलहरूले मुद्दामा बहस गरिरहेका छन् ।

पक्राउ परेका सबै प्रतिवादीहरूलाई बहसका लागि अदालतमा उपस्थित गराइएको छ । उनीहरूले इजलासमा पत्रकारहरूलाई राख्न नहुने माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह