१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

न्यायाधीशको पहिलो प्रश्न- पैसा खर्चेर शरणार्थी बनेर अमेरिका जान खोज्नेहरूलाई किन प्रतिवादी बनाइएन ?

२१ जेष्ठ २०८०, आईतवार ०७:१२

जेठ २१, काठमाडौँ |  नक्कली भुटानी शरणार्थी मुद्दामा सर्वोच्च अदालतमा सरकारी वकिलहरूले बहस सुरु गरेका छन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा मुद्दाको बहस भइरहेको छ ।

बहसको प्रारम्भमा नै न्यौपानेले जाहेरकर्ताहरूलाई पनि प्रतिवादी नबनाइएको विषयमा प्रश्न गरे ।

उनले सरकारी वकिललाई सोधे, ‘नक्कली शरणार्थी भनेर अमेरिका जान खोज्नु चाहिँ कानून विपरीत हो कि होइन ? आफूहरू पीडित भएको भनेर जाहेरी दिनेहरूलाई किन प्रतिवादी बनाइएन ?’

सरकारी वकिलले दायर गरेको मुद्दामा नक्कली शरणार्थीका नाममा अमेरिका पठाउन खोज्ने गिरोहका सदस्य र उनीहरूलाई सघाउने राजनीतिक प्रशासनिक व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ ।

नक्कली डकुमेन्ट बनाएर अमेरिका जान खोज्नेहरूलाई मुद्दामा नतानिएको विषयमा न्यायाधीशले प्रश्न गरेका हुन् । ८ जना सरकारी वकिलहरूले मुद्दामा बहस गरिरहेका छन् ।

पक्राउ परेका सबै प्रतिवादीहरूलाई बहसका लागि अदालतमा उपस्थित गराइएको छ । उनीहरूले इजलासमा पत्रकारहरूलाई राख्न नहुने माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट