२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध प्रतिपक्षीहरू एकठाउँ, माफी नमागे संसद चल्न नदिने अडान

२०८०, २१ जेष्ठ आईतवार ०८:५१

जेठ २१, काठमाडौँ | नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति प्रतिपक्ष दलहरू एकजुट भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधपछि राष्ट्रियसभामा र प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रतिपक्षी दलको अवरोधपछि स्थगित भएको राष्ट्रिय सभाको अर्को भोलि दिउँसो १:०१ बजेलाई बोलाइएको छ । भने एक घण्टाको लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्तिको विरुद्ध प्रतिपक्षी दलहरू एकठाउँमा उभिएका हुन् ।


प्रतिपक्ष दलहरूले एकजुट भएर प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने अडान राखेका छन् ।

एमालेका प्रमुख सचेतक पदम गिरीले गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म बैठक चल्न नदिने चेतावनी दिए ।

यस्तै, उनले फूलबारी बन्दरगाहाको रुट प्राप्तका निम्ति नेपालको पश्चिम कालापानी, लिम्पियाधुरा लिपुलेक क्षेत्र दिन तयार रहेको भन्ने कुराले नेपालको शीर निहुरिएको बताए ।

उनले भने, ‘हामीलाई अपमान बोध भएको छ । राष्ट्रियताप्रति एउटा गम्भीर प्रश्न उब्जाउने कुरा भएको छ । यस्ता कुरा प्रधानमन्त्रीबाट आउनु भनेको निकै दुःखद कुरा हो, उहाँले त्रुटि च्याउनुपर्छ । सदनका अगाडि माफी माग्नुपर्छ ।’

यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि भारत भ्रमण गर्नुभन्दा एक-दुई घण्टाअघि मात्रै किन त्यसलाई प्रमाणीकरण गर्नुपर्‍ यो? कसको स्वार्थको लागि र कसको खुशीका लागि यो काम गरियो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘जुन प्रक्रियाबाट, जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भर्त्सना र विरोध गर्छ । यसलाई संसदबाट यसलाई अगाडि बढाउन ढिलाई नगरियोस् । गल्ती गरिएको छ, त्यसलाई सच्याइयोस् ।’

उनले रेशम चौधरीको रिहा, भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सा, भारतीय प्रधानमन्त्रीसँगको भेटमा भएको कुराबारे सदनलाई जानकारी नगराएसम्म बैठक चल्न नदिने चेतावनी दिए ।

यस्तै, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले रवैया आफूहरू हेरेर नबस्ने चेतावनी दिए । राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विरोध गर्दै बेतिथिको भारी आफूहरूले बोक्न नसक्ने उनको भनाइ छ ।

उनले भने, ‘संसदमा आएको बेथितिविरुद्ध आएको रास्वपाले यो कर्मको भारी बोक्ने छैनौं । हाम्रो यसमा समर्थन छैन । यो राजनीतिक, नेपालको सुरक्षासँग जोडिएको विषय हो । संसदमा हामीलाई खास काम छ भनेर बोल्न दिइरहने अनि सरकार लुसुलुसु आफ्नो काम गर्ने ? यो रवैयालाई स्वीकार्दैनौं ।’

नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न रास्वपा सदन र सडकबाट संघर्ष गर्न तयार रहेको उनले प्रष्ट्याए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह