१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चित्रबहादुर केसीको आरोप- एमालेले आफूले नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि विरोध गर्‍यो

२१ जेष्ठ २०८०, आईतवार १२:०६

जेठ २१, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेले आफूले नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि संसदमा विरोध गरेको आरोप लगाएका छन् । उनले अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिनै नमिल्ने तर्क गरे ।

उनले भने, ‘अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिन मिल्दैन । संविधानमै त्यो कुरा राखियो षड्यन्त्र गरेर । भारतीय शासकहरुले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर । एकातिर भुगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भुटान बनाउन प्रयत्न गरिराखेको छ। त्यसको विरुद्धमा संगठित रुपले नेपाली जनताले त्यो हस्तक्षेपको विरोध गर्नुपर्छ ।’

उनले नयाँ बनेको संसदमा अखण्ड भारत भनेर नेपाली भूमि राखेकोप्रति आँटिराखेको भनेर सरकार गम्भिर बन्नुपर्ने बताए ।

उनले भने, ‘नेपाललाई हिन्दु राज्य बनाउने मात्रै नभएर अखण्ड भारतमा गाभ्ने योजना छ । अहिले साथीहरुको विरोध गरिराख्नुभएको उहाँहरुले अंगीकृत नागरिकबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिनुहुन्न भन्नेमा होइन । आफूले दिन पाइएन भन्ने मात्रै हो । २०७४ को संसदलेृ पारित गरेको बेलामा ओलीजी प्रधानमन्त्री भएको भए निधारले सही गरेर तत्कालीन राष्ट्रपतिले दिन्थिन् ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट