१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भुटानी शरणार्थी प्रकरणमा समय तोकेर बहस सुन्दै न्यायाधीश

२१ जेष्ठ २०८०, आईतवार १२:२७

जेठ २१, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबारदेखि थुनछेक बहस सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन जिल्ला सरकारी वकिल कार्यालयका २ जनाले बहस गरेका छन् ।

महेश खत्रीले करिब तीन घण्टा समय लगाएका थिए भने त्यसपछि जनक घिमिरेले बहस थालेका थिए । न्यायाधीश न्यौपानेले सरकारी वकिल कार्यालयलाई बहस गर्न तीन दिनको समय छुट्याएका छन् ।

बुधबारदेखि प्रतिवादीका कानून व्यवसायीले बहस सुरु गर्नेछन् । जेठ ३० गतेसम्म प्रतिवादीका कानून व्यवसायीलाई बहस गर्ने समय दिइएको छ । जेठ ३१ गते साँझसम्म थुनछेक आदेश सुनाउने तयारी न्यायाधीश न्यौपानेको छ ।

सरकारी वकिलका तर्फबाट अब सीताराम अर्याल, दिनेश घिमिरे, सुरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन् । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले पीडितका तर्फबाट बहस गर्न केही निजी कानून व्यवसायीको पनि निवेदन परेको बताए ।

‘अहिलेसम्म स्वागत नेपालसहित २ जनाको निवेदन परेको छ’, उनले भने । प्रतिवादीका तर्फबाट ५० जनाभन्दा बढीले नाम टिपाएको बुझिएको छ । प्रेमबहादुर खड्का, शेरबहादुर केसी, थम्मबहादुर खाती, केशव बडालसहितका कानून व्यवसायीहरु प्रतिवादीका तर्फबाट बहस गर्ने तयारीमा छन् ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न ५ वटा कसुरमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । १८ जना पक्राउ परिसकेका छन् । शुक्रबार अदालतमा बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट