१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नागरिकता र जमिन सट्टापट्टाबारे प्रधानमन्त्रीले संसदमा प्रष्टीकरण दिने

२२ जेष्ठ २०८०, सोमबार ०५:५३

जेठ २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई गरेको सिफारिस र फूलबारी बन्दरगाह प्रयोग गर्न लिपुलेकको नेपाली जमिन सट्टापट्टा गर्न सकिने भनेर दिएको अभिव्यक्तिबारे प्रष्टीकरण दिने भएका छन् । 

नेकपा एमाले लगायतका विपक्षी दलले नागरिकता प्रमाणीकरणको प्रक्रिया र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा जमिन सट्टापट्टाबारे दिएको अभिव्यक्तिको विरोध गर्दै आइतबारको संसद् बैठक अवरुद्ध गरेका थिए । नागरिकता विधेयक सच्याउनुपर्ने र जमिन साटफेर गर्ने अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने विपक्षीहरूको अडान छ । 

सोमबारको संसद् बैठकअघि बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रष्टीकरण दिनेबारे छलफल हुनेछ । सभामुख देवराज घिमिरेले संसद्मा भइरहेको अवरोध खुलाउन प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले कार्य व्यवस्था परामर्श समितिमा सहमति जुटे प्रधानमन्त्रीले संसद्मा आफ्ना कुरा राख्ने तयारी गरेको जानकारी दिए ।

‘कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहमति भएअनुसार प्रधानमन्त्रीले कुरा राख्नुहुन्छ’, आचार्यले रातोापाटीसँग भने । आइतबार सभामुखसँगको कुराकानीमा पनि प्रधानमन्त्रीले सदन खुलाउन आफूले प्रयास गर्ने र त्यसका लागि विपक्षी दलका नेतासँग छलफल गर्नुपरे पनि गर्ने आश्वासन दिएका थिए । प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट