१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालको भूमि विदेशीलाई बेच्ने अधिकार प्रधानमन्त्रीलाई छैन : योगेश भट्टराई

२२ जेष्ठ २०८०, सोमबार ०६:३३

जेठ २२, काठमाडौँ | नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको भूमी विदेशीलाई बेच्ने अधिकार संविधानमा नभएको बताएका छन् ।  उनले सोमबारको संसद बैठकमा लिपुलेकको जमिन भारतलाई दिने भनेर दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग जवाफ समेत माग गरेका छन् ।  एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणले समस्या समाधान नगरेको भन्दै त्यसक्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको चर्को आलोचना गरे । 

‘हामीलाई चाहिएको थियो हवाइ मार्ग, २०१८ मा हामीले एउटा हस्ताक्षर गरेका थियौं । त्यसमा नेपालगञ्ज जनकपुर, भैरहवाको सम्झौता गरेका थियौ । आज किन भारत पछि हट्दैछ ?’, भट्टराईको प्रश्न छ । साथै उनले नेपाललाई दीर्घकालिन उmर्जा व्यापारमा सहमति चाहिएपनि पञ्चेश्वर लगायतमा किन ढिला भएको भनेर प्रश्न गरे । 

‘कालापानी, लिपुलेक लिम्पयाधुरा, कुनैपनि शर्तमा नेपालको संविधानले प्रधानमन्त्रीलाई नेपालको भूमी अरु कुनै विदेशीलाई दिने हक दिएको छैन । उहाँले के आधारमा वंगलादेशको बाटोको कुरा गर्नुभयो ? १९९७ मा आइके गुजराल आएका बेला नै त्यो बाटो हामीले पाएका छौं । यो कुनै नयाँ कुरा होइन । हामी कुनै जग्गा सट्टा भर्ना गर्ने शर्तमा राष्ट्रियता बन्धक राख्न सक्दैनौ । वेच्न सक्दैनौ’, भट्टराईले प्रधानमन्त्रीको जवाफ मागे । उनले नेपाल सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने भन्दै जुनसुकै लम्पसारवाद विरुद्ध एमाले र संसद उभिने प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट