२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु : मन्त्री बस्नेत

२०८०, २२ जेष्ठ सोमबार ०८:२३

जेठ २२, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रुका रुपमा देखिन थालेको बताउनुभएको छ । 

डिप्लोमा इञ्जिनीयर्स एशोशिएसन नेपाल (डिन) को ४३औँ स्थापना दिवस तथा विश्व वातावरण दिवस, २०२३ को अवसरमा ‘प्लास्टिक प्रदूषणको समाधान’ विषयक क्षेत्रीय कार्यशाला गोष्ठीको उद्घाटन गर्नुहुँदै मन्त्री बस्नेतले प्लास्टिकजन्य पदार्थको प्रदूषण न्यूनीकरणका लागि विकल्प खोज्नु जरुरी भएको उल्लेख गर्नुभयो । सरकारले यसका लागि विगतदेखि नै आवश्यक नीति, रणनीतिका साथै कार्ययोजना पनि बनाउँदै आएको उहाँको भनाइ छ । 

मन्त्री बस्नेतले भन्नुभयो, “प्लास्टिकजजन्य सामाग्रीबाट हुने असरबाट बच्न जनचेतना जगाउने र सरकारी तवरबाट नीतिगत व्यवस्था गर्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ । यसका लागि हामी एकीकृत शक्ति निर्माण गरेर लागौँ । सरकारको विभागीय मन्त्रीका हैसियतमा नियम कानुन बनाउन प्रयत्न गर्ने छु ।” कार्यशालाको उद्घाटन सत्रमा मन्त्री बस्नेतले कोरोना महामारीको समयमा खोप उपलब्ध गराएर सहयोग गर्ने  सबै देशलाई धन्यवादसमेत दिनुभयो । संविधानले सुनिश्चित गरेको नागरिकको स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा पाउने नैसर्गिक अधिकारलाई पूरा गराउन सबै मिलेर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

बागमती प्रदेशका सदस्य डा दिनेशचन्द्र देवकोटाले नेपालको सन्दर्भमा प्लास्टिक प्रदूषणलाई कसरी रोक्न सकिन्छ भनेर सोच्नु आवश्यक भएको बताउनुभयो । “हाम्रो नीतिगत व्यवस्थाको कमजोरीलाई सच्याउनु जरुरी छ । उत्पादकलाई पनि प्रदूषण हुने उत्पादनलाई निरुत्साहित गर्ने कार्यमा सहयोग गर्नका लागि उत्प्रेरित गर्नुपर्छ”, उहाँले भन्नुभयो  ।

कार्यशालामा विश्व स्वास्थ्य सङ्गठनका नेपालस्थित प्रतिनिधि, भारत, बङ्गालादेश, श्रीलङ्कालगायतका इञ्जिनीयर एशोसिएशनका प्रतिनिधिलगायतले प्लास्टिक प्रदूषणको समाधानका विषयमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह