१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु : मन्त्री बस्नेत

२२ जेष्ठ २०८०, सोमबार ०८:२३

जेठ २२, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रुका रुपमा देखिन थालेको बताउनुभएको छ । 

डिप्लोमा इञ्जिनीयर्स एशोशिएसन नेपाल (डिन) को ४३औँ स्थापना दिवस तथा विश्व वातावरण दिवस, २०२३ को अवसरमा ‘प्लास्टिक प्रदूषणको समाधान’ विषयक क्षेत्रीय कार्यशाला गोष्ठीको उद्घाटन गर्नुहुँदै मन्त्री बस्नेतले प्लास्टिकजन्य पदार्थको प्रदूषण न्यूनीकरणका लागि विकल्प खोज्नु जरुरी भएको उल्लेख गर्नुभयो । सरकारले यसका लागि विगतदेखि नै आवश्यक नीति, रणनीतिका साथै कार्ययोजना पनि बनाउँदै आएको उहाँको भनाइ छ । 

मन्त्री बस्नेतले भन्नुभयो, “प्लास्टिकजजन्य सामाग्रीबाट हुने असरबाट बच्न जनचेतना जगाउने र सरकारी तवरबाट नीतिगत व्यवस्था गर्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ । यसका लागि हामी एकीकृत शक्ति निर्माण गरेर लागौँ । सरकारको विभागीय मन्त्रीका हैसियतमा नियम कानुन बनाउन प्रयत्न गर्ने छु ।” कार्यशालाको उद्घाटन सत्रमा मन्त्री बस्नेतले कोरोना महामारीको समयमा खोप उपलब्ध गराएर सहयोग गर्ने  सबै देशलाई धन्यवादसमेत दिनुभयो । संविधानले सुनिश्चित गरेको नागरिकको स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा पाउने नैसर्गिक अधिकारलाई पूरा गराउन सबै मिलेर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

बागमती प्रदेशका सदस्य डा दिनेशचन्द्र देवकोटाले नेपालको सन्दर्भमा प्लास्टिक प्रदूषणलाई कसरी रोक्न सकिन्छ भनेर सोच्नु आवश्यक भएको बताउनुभयो । “हाम्रो नीतिगत व्यवस्थाको कमजोरीलाई सच्याउनु जरुरी छ । उत्पादकलाई पनि प्रदूषण हुने उत्पादनलाई निरुत्साहित गर्ने कार्यमा सहयोग गर्नका लागि उत्प्रेरित गर्नुपर्छ”, उहाँले भन्नुभयो  ।

कार्यशालामा विश्व स्वास्थ्य सङ्गठनका नेपालस्थित प्रतिनिधि, भारत, बङ्गालादेश, श्रीलङ्कालगायतका इञ्जिनीयर एशोसिएशनका प्रतिनिधिलगायतले प्लास्टिक प्रदूषणको समाधानका विषयमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट