१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टीआरसी र संवैधानिक परिषद् सम्बन्धी विधेयकमा ३६ संशोधन दर्ता, के-के विषयमा कसले गराए ?

२२ जेष्ठ २०८०, सोमबार ०९:२२

जेठ २२, काठमाडौँ | प्रतिनिधि सभामा दर्ता भएका ७ वटा विधेयकमध्ये दुई वटा विधेकयमा मात्रै ३६ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

संघीय संसद सचिवालयका अनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टLआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा सबैभन्दा धेरै २८ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

त्यस्तै, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा आठ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।


टीआरसी विधेयक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रतिनिधि सभामा २०७९ फागुन २५ गते दर्ता गरेको हो भने संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायालयले २०७९ फागुन १२ गते दर्ता भएको थियो ।

टीआरसी विधेयकमा महेशकुमार बतौला, विद्या भट्टराई र रामोदर बैरागीले स०ुक्त संशोधन प्रस्ताव दर्ता गराएका छन् । यस्तै मेटमणी चौधरी र भानुभक्त जोशीले पनि पनि संयुक्त संशोधन प्रस्ताव दर्ता गराएका छन् । सांसद संजयकुमार गौतम र राजेन्दश््रकुमार केसीले पनि संयुक्त संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

यस बाहेक मैना कार्की, चित्रबहादुर केसी, गोकुलप्रसाद बास्कोटा, ज्ञानबहादुर शाही, दिपक सिंह, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, अम्मरबहादुर थापा, प्रेम सुवाल, गणेश पराजुली, लक्ष्मी तिवारी, प्रकाश ज्वाला, पदम गिरी, भवगती चौधरी, अशोकुमार चौधरी, गगनकुमार थापा, प्रदिप पौडेल, अर्जुननरसिंह केसी, रामप्रकाश चौधरी, प्रदिप यादव, रेखा यादव, विनिताकुमारी सिंहर, भानुभक्त जोशी, पूर्णबहादुर घर्ति, हितबहादुर तामाङ र रुपा चौधरीले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संवैधानिक परिषद् सम्बन्धी विधेयकमा पनि महेशकुमार बर्तौला र दामोदर बैरागीले संयुक्त संशोधन प्रस्ताव दर्ता गराएका छन् भने बाँकी रघुजी पन्त, सुशिला थिङ, प्रेम सुवाल, सोबिता गौतम, निशा डाँगी र अर्जुननरसिंह केसीले एकल संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संशोधन प्रस्ताव दर्ता भएका बाहेक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा दर्ता भइसकेको छ । यस्तै अर्थ मन्त्रालयले राष्ट्र ऋण उठाउने विधेयक २०८०, विनियोजन विधेयक २०८० र आर्थिक विधेयक २०८० पनि प्रतिनिधि सभामा दर्ता भएको छ ।

टीआरसी विधेयकमा संशोधन गर्ने प्रस्ताव दर्ताः

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट