२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टीआरसी र संवैधानिक परिषद् सम्बन्धी विधेयकमा ३६ संशोधन दर्ता, के-के विषयमा कसले गराए ?

२०८०, २२ जेष्ठ सोमबार ०९:२२

जेठ २२, काठमाडौँ | प्रतिनिधि सभामा दर्ता भएका ७ वटा विधेयकमध्ये दुई वटा विधेकयमा मात्रै ३६ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

संघीय संसद सचिवालयका अनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टLआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा सबैभन्दा धेरै २८ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

त्यस्तै, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा आठ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।


टीआरसी विधेयक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रतिनिधि सभामा २०७९ फागुन २५ गते दर्ता गरेको हो भने संवैधानिक परिषद् सम्बन्धी विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायालयले २०७९ फागुन १२ गते दर्ता भएको थियो ।

टीआरसी विधेयकमा महेशकुमार बतौला, विद्या भट्टराई र रामोदर बैरागीले स०ुक्त संशोधन प्रस्ताव दर्ता गराएका छन् । यस्तै मेटमणी चौधरी र भानुभक्त जोशीले पनि पनि संयुक्त संशोधन प्रस्ताव दर्ता गराएका छन् । सांसद संजयकुमार गौतम र राजेन्दश््रकुमार केसीले पनि संयुक्त संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

यस बाहेक मैना कार्की, चित्रबहादुर केसी, गोकुलप्रसाद बास्कोटा, ज्ञानबहादुर शाही, दिपक सिंह, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, अम्मरबहादुर थापा, प्रेम सुवाल, गणेश पराजुली, लक्ष्मी तिवारी, प्रकाश ज्वाला, पदम गिरी, भवगती चौधरी, अशोकुमार चौधरी, गगनकुमार थापा, प्रदिप पौडेल, अर्जुननरसिंह केसी, रामप्रकाश चौधरी, प्रदिप यादव, रेखा यादव, विनिताकुमारी सिंहर, भानुभक्त जोशी, पूर्णबहादुर घर्ति, हितबहादुर तामाङ र रुपा चौधरीले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संवैधानिक परिषद् सम्बन्धी विधेयकमा पनि महेशकुमार बर्तौला र दामोदर बैरागीले संयुक्त संशोधन प्रस्ताव दर्ता गराएका छन् भने बाँकी रघुजी पन्त, सुशिला थिङ, प्रेम सुवाल, सोबिता गौतम, निशा डाँगी र अर्जुननरसिंह केसीले एकल संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संशोधन प्रस्ताव दर्ता भएका बाहेक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा दर्ता भइसकेको छ । यस्तै अर्थ मन्त्रालयले राष्ट्र ऋण उठाउने विधेयक २०८०, विनियोजन विधेयक २०८० र आर्थिक विधेयक २०८० पनि प्रतिनिधि सभामा दर्ता भएको छ ।

टीआरसी विधेयकमा संशोधन गर्ने प्रस्ताव दर्ताः

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह