१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

साउदी अरबद्वारा तेल उत्पादनमा कटौतीको घोषणा

२२ जेष्ठ २०८०, सोमबार ११:१४

जेठ २२, काठमाडौँ | कच्चा तेलको मूल्य घट्न नदिन तेल उत्पादनमा कटौती जारी राख्न तेल उत्पादक राष्ट्रहरू सहमत भएका छन् । साउदी अरबले जुलाईदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउने बताएको थियो । अर्कोतर्फ, ओपेक प्लस देशले सन् २०२४ देखि दैनिक १४ लाख ब्यारेल थप कटौती गरिने बताएका छन् ।

ओपेक प्लस देशमा विश्वका ४० प्रतिशत कच्चा तेल उत्पादन हुन्छ र उनीहरूको निर्णयको असर कच्चा तेलको मूल्यमा पर्छ । सोमबार एसियाको बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य २.४ प्रतिशत बढेर ७७ डलर प्रति ब्यारलसम्म पुगेको छ ।  गत महिना बेलायतमा एक लिटर तेलको मूल्य प्रतिलिटर १२ पेन्स (करिब १९ रुपैयाँ) ले घटेको थियो ।

आइतबार तेल उत्पादक राष्ट्रको बैठक ७ घण्टासम्म चलेको थियो । यो बैठकको नेतृत्व रुसले गरेको थियो । जसमा तेलको घट्दो मूल्यबारे छलफल भएको थियो । रुसका उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकका अनुसार अक्टोबर २०२२ देखि ओपेक प्लस देशहरूले तेल उत्पादनमा प्रतिदिन ३६.६ लाख ब्यारेलले कटौती गरेका छन् ।

ओपेक प्लसमा तेल उत्पादक देशहरू र तिनका सहयोगी देश सामेल छन् । यो सङ्गठन पहिले नै प्रति दिन २० लाख ब्यारेल कटौती गर्न सहमत भइसकेको छ, जुन कुल विश्वव्यापी मागको करिब २ प्रतिशत हो ।नोभाकले भने, ‘यो छलफलपछि २०२४ को अन्त्यसम्म तेल कटौती सम्झौतालाई प्रभावकारी राख्ने सहमति भएको छ ।’

‘साउदीको ललिपप’

अप्रिलमा, साउदी अरबले अचानक प्रति दिन १६ लाख ब्यारेल कटौतीको घोषणा गरेको थियो ।

मेदेखि यो लागू भएको थियो । साउदीको यो कदमपछि केही दिन तेलको भाउ बढेको थियो तर यसले दीर्घकालीन सुधार भने हुन सकेन ।

साउदी अरबका तेल मन्त्री प्रिन्स अब्दुलअजिज बिन सलमानले १० लाख ब्यारेल प्रतिदिनको कटौतीलाई आवश्यकता अनुसार जुलाईपछि पनि जारी राखिने बताएका छन् । 

उनले भने, ‘यो साउदी ललिपप हो ।’

साउदीको यो कदमलाई तेल बजारमा स्थायित्व ल्याउने प्रयास मानिएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेदेखि नै कच्चा तेलको मूल्यमा आएको उतारचढावका कारण तेल उत्पादक देशहरू बजारमा अस्थिरताको सामना गरिरहेका छन् ।

पश्चिमी देशले ओपेकमा समावेश देशमाथि युक्रेन युद्धपछि रुसलाई साथ दिएको आरोप पनि लगाइरहेका छन् । पश्चिमी देशले रुसको ऊर्जा क्षेत्रलगायत  रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् ।

यस्तै यी आरोपको प्रतिक्रियामा ओपेक देशले भनेको छ – पश्चिमी देशको आर्थिक नीतिका कारण पछिल्लो एक दशकमा महँगी अत्यधिक बढेको छ र तेल उत्पादन गर्ने देश आफ्नो मुख्य निर्यातको मूल्य बचाएर राख्नका लागि कदम उठाउन बाध्य छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट