जेठ २५, काठमाडौँ | नक्कली शरणार्थी प्ररकणको सुनुवाइ चलिरहँदा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की काठमाडौँ जिल्ला अदालत पुगेका छन् । बिहीबार कार्की जिल्ला अदालत काठमाडौँको पाँचौ तलामा पुगेर न्यायाधीशहरुसँग मिटिङ गरेका हुन् । अदालतको दैनिक प्रशासिनक विषयमा आवश्यक जानकारी र ब्रिफिङका लागि कार्की अदालत पुगेको बताइएको छ ।
‘कामु प्रधानन्यायाधीशज्यू अदालतमा आउनुभएको छ । अदालतसँग सम्बन्धित ब्रिफिङ बैठकमा सहभागी हुनुभएको छ। बैठकमा न्यायाधीश न्यौपानेबाहेकका सबै न्यायाधीश सहभागी हुनुहुन्छ’, अदालत स्रोतले भन्यो । शरणार्थी प्रकरणको सनुवाइ जारी रहेकाले न्यायाधीश प्रेमप्रसाद न्यौपाने भने मिटिङमा सहभागी भएनन् ।