१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालेनलाई दीपकको कटाक्ष : भुईंको टिप्न नखोजौं, भएकोलाई जोगाऔं

२५ जेष्ठ २०८०, बिहीबार १२:१३

जेठ २५, काठमाडौँ | अहिले एकाएक ‘ग्रेटर नेपाल’को चर्चा गर्माएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यकक्षमा सुगौली सन्धि हुनुअघिको नक्सा झुण्डाएपछि सामाजिक सञ्जालका भित्ता समेत ग्रेटर नेपालको नक्साले रंगिएका छन् ।

ग्रेटर नेपालको नक्सा सेयर गर्दै ‘छक्कापञ्जा’ फेम्ड अभिनेता दीपकराज गिरीले बालेन र अन्य नेतालाई कटाक्ष गरेका छन् । समसामायिक मुद्दामा चासो राख्ने उनी लेख्छन्, ‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ । यति ठूलो भा भए के गर्थे होलान् ? भुईंको टिप्न नखोजौं, भएकोलाई जोगाऔं ।

समय र सन्दर्भ हेर्दा गिरीको यो कटाक्ष बालेनतर्फ सोझिएको देखिन्छ । उनले नामै नखुलाए पनि यो अभिव्यक्ति त्यतै सोझिएको बुझ्न कठिन छैन । तर ‘छक्कापञ्जा’ फेम्ड निर्माता तथा अभिनेता निर्मल शर्मा भने ग्रेटर नेपालको नक्सा झुण्डाउने मेयर शाहको पक्षमा उभिएका छन् ।

उनी लेख्छन्, ‘ नेताहरुमा कमसेकम काठमाडौंका मेयर बालेन शाह जत्तिको बोल्ड, निष्ठावान्, निडर, दूरदर्शी, देशप्रेम अनि परिणाममुखी क्षमता चाहिं भइदिए हुन्थ्यो नि ।’ फिल्म निर्देशक मनोज पण्डितले त १८ वर्षअघिको आफ्नो बहुचर्चित डकुमेन्ट्री फिल्म ‘ग्रेटर नेपाल’को दोस्रो अध्याय ‘ग्रेटर नेपाल : अस्तित्वको संघर्ष’ ल्याउने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट