जेठ २६, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले संसदको रोष्ट्रममै मौन धारण गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा बजेटमा मधेश, मधेशी र मधेशमा बसोवास गर्नेहरुमाथि गरेको अपमान र नागरिकताविहिन जनताहरुको लागि संसदको रोष्ट्रमबाटै मौन धारण गरेका हुन् ।
उनले यथास्थितिमा बजेट पास गर्न नदिने चेतावनी समेत दिए । सरकारले ल्याएको बजेटमा मधेशलाई हेला गरेको उनको भनाइ छ ।