२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्ने टोलीको घोषणा

२०८०, २६ जेष्ठ शुक्रबार ०८:५४

जेठ २६,  काठमाडौँ | हङकङमा हुने एसीसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषण भएको छ । १२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जाने भएको हो ।

प्रतियोगिताका लागि नेपाली टोलीको भिजा आइसकेको छ । नेपाली टोलीलाई भोलि शनबिार हङकङ पठाउने तयारी भइरहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले  जानकारी दिएका हुन् । यस टिमका लागि प्रशिक्षक सामसन जंग थापा नै रहनेछन् । नेपालले यस प्रतियोगिताका लागि समुह ए मा रहेर हङकङ, भारत र पाकिस्तानको ए टोली हुनेछन् ।


समूह बीमा बंगलादेश, मलेसिया, श्रीलंका र दुबई हुनेछन् । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ । यस्तै १७ जुनमा घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिता हङकङको मिसन रोड मैदान कोलुनमा हुनेछ ।

नेपाली टोली

रुबिना क्षेत्री(कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम, कविता जोशी ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा