१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपा सांसद सुमना श्रेष्ठको नियमापत्ति पछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

२६ जेष्ठ २०८०, शुक्रबार ०९:४५

जेठ २६,  काठमाडौँ | बजेटबारे छलफल भइरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नियमापत्ति गरेका थिए ।  त्यसलगत्तै सो पार्टीका सांसदहरुले उठेर अवरोध सृजना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

सांसद श्रेष्ठले बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने नियम उलंघन भएकाले नियमापत्ति गर्नु परेको बताएका थिए ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय, हाम्रो प्रतिनिधिसभाको नियमावलीमा नियम ६, उपनियम ५ मा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ। र, कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत अनिवार्य उपस्थित हुनुपर्छ भन्ने छ।मलाई थाहा छ। हाम्रो फाईनान्स मिनिष्टर अर्को हाउसमा हुनुहुन्छ भनेर। तर यहाँ यत्रा प्रिपियर गरेर प्रश्नहरु सोध्दाखेरी उहाँ नभईदिँदाखेरी अर्को एउटा नियम छ १४२। जहाँ उहाँले छलफलमा आएको प्रश्नको जवाफ दिनुपर्छ । त्यो नियमको चाँही उलंघन भयो सभामुख महोदय । त्यसकारण नियमापत्ति गरेको हुँ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बोल्ने कार्यसूचि थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट