१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल

२६ जेष्ठ २०८०, शुक्रबार १०:०८

जेठ २६,  काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजमा चर्को रुपमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले राजनीति विकृत हुनाका कारण भ्रष्टाचारले काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको छ, पैसामा लोभिने, जनतालाई पीडा दिने र शोषक सामन्त, जाली फटाहा अझै दलाल पुँजी हाबी हुन पुग्ने, इमान्दार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ ।”

उहाँले अहिले पुनः प्रतिगामी शक्ति सल्बलाएको र वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको समेत आरोप लगाउनुभयो । अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नाङ्गो रुप आएको बताउँदै अध्यक्ष नेपालले थप भन्नुभयो, “भूटानी शरणार्थी प्रकरण होस् वा कुनै पनि काम बिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडित बनाएको होस्, गलत प्रवृत्तिको बिरुद्धमा जुध्नुपर्नेछ ।” 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पास हुन नदिने बताउनुभएको थियो । उहाँले आफूहरु सत्ता पक्षकै भए पनि यथास्थितिमा बजेट पास हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “यही अवस्थामा, यही स्थितिमा बजेट पास हुँदैन, हामी प्रतिपक्षको सांसद भएर होइन, सत्ता पक्षकै भएर पनि यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ ।” भौतिक पूर्वाधारको धेरै बजेट शीर्ष नेता र अर्थमन्त्रीको जिल्लामा छुट्याइएको आरोप लगाउँदै उहाँले बजेट पक्षपातपूर्ण भएको उहाँको बताउनुभयो ।

आजदेखि सुरु भएको समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख ‘एजेन्डा’ रहेको सङगठनका अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिनुभयो । उक्त केन्द्रीय अधिवेशनमा देशभरबाट करिब चार सय पत्रकार प्रतिनिधि सहभागी रहेको समाजवादी प्रेस सङ्गठनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट