‘जनता लहलहैमा भोट हाल्छन्, सामाजिक संजालका कारण हामीले गरेका काम ओझेलमा परे’

Posted on: 09 Jun, 2023

जेठ २६,  काठमाडौँ | नेपाली कांग्रेसकी नेता डा.आरजु राणा देउवाले सोसल मिडियामा गाली गलौज गरेर नेता बन्ने संस्कृति विकास भएका कारण राजनीति चुनौतिपूर्ण बन्न थालेको गुनासो गरेकी छन् ।

स्वर्गीय मीना पाण्डेको स्मृतिमा शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यसमेत रहेकी देउवाले जनता पनि लहलहैमा लागेर भोट हाल्न थालेकाले गालीको राजनीति बलियो बनेको बताइन् ।

राणाको भनाइ थियो- आज हामी केन्द्रदेखि सातै प्रदेशको सरकारमा छौं । स्थानीय तहमा पनि ठूलो पार्टी भएका छौं । तर अगाडिका दिनहरु चुनौतिपूर्ण देखिदैछन् । जस्तो किसिमको एउटा लहलहैमा लागेर जनताले भोट हाल्छन् । मिडियाबाजी र सोसल मिडियाका कारण हामीले गरेका कामहरु ओझेलमा परे र गालीको भरमा राजनीति अघि बढ्न थाल्यो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!