२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फिफा महिला वरीयतामा नेपाल एक स्थान तल

२०८०, २६ जेष्ठ शुक्रबार १२:०६

जेठ २६,  काठमाडौँ | विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको पछिल्लो महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले शुक्रबार महिलातर्फको नयाँ वरीयता सार्वजनिक गरेको हो । पछिल्लो वरीयतामा नेपाल १०१औं स्थानमा रहेको छ ।

यसअघिको वरीयतामा नेपाल १००औं स्थानमा थियो । दक्षिण एसियामा भारत सबैभन्दा अगाडि छ । पछिल्लो वरीयतामा भारत ६०औं स्थानमा छ । दक्षिण एसियामा नेपाल दोस्रो र बंगलादेश तेस्रो स्थानमा छन् । बंगलादेश १४०औं स्थानमा छ ।

यसैगरी श्रीलंका १५४औं, पाकिस्तान १५७औं, माल्दिभ्स १६०औं, भुटान १७१औं स्थानमा छन् । एसियामा अस्ट्रेलिया सबैभन्दा अगाडि १०औं स्थानमा छ । त्यसपछि जापान ११औं, चीन १४औं, दक्षिण कोरिया १७औं र भियतनाम ३२औं स्थानमा छन् ।

महिला विश्व वरीयताको पहिलो स्थानमा भने अमेरिका रहेको छ । जर्मनी दोस्रो, स्विडेन तेस्रो र इङ्ल्यान्ड चौथो स्थानमा छन् । फ्रान्च पाँचौं, स्पेन छैटौं, क्यानडा सातौं, ब्राजिल आठौं र नेदरल्यान्ड्स नवौं वरीयतामा रहेका छन् ।

निकट भविष्यमा सुरु हुने महिला विश्वकप फुटबलअघि जारी भएको यो अन्तिम वरीयता हो । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गर्दैछन् । प्रतियोगिता आगामी जुलाई २० देखि अगस्त २० तारिखसम्म सञ्चालन हुनेछ ।

फिफाले महिला विश्वकपको विजयी टोलीका प्रत्येक खेलाडीलाई दुई लाख १७ हजार पाउण्ड (करिब साढे तीन करोड नेपाली रुपैयाँ) पुरस्कार प्रदान गर्ने भएको छ । यो पुरस्कार उपाधि विजेता टोलीका २३ जना खेलाडीले नै पाउने भएका छन् ।

फिफाले पहिलो पटक विजयी टोलीका सबै खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको हो । फिफाले महिला विश्वकप खेल्ने हरेक खेलाडीले नगद पुरस्कार पाउने पनि जनाएको छ । फिफाका अनुसार, विश्वकपमा सहभागी प्रत्येक खेलाडीले कम्तीमा २४ हजार पाउण्ड (३९ लाख ५७ हजार नेपाली) पुरस्कार पाउने छन् ।

आगामी विश्वकपमा ३२ टोली सहभागी हुँदैछन् । प्रत्येक टोलीमा २३ खेलाडी रहन्छन् । यस आधारमा आगामी महिला विश्वकपमा सहभागी हुने खेलाडीको सँख्या सात सय ३२ हुन आउँछ । आगामी महिला विश्वकपका लागि फिफाले १५ करोड २० लाख अमेरिकी डलर रकम छुट्याएको छ । अघिल्लो संस्करणको तुलनामा फिफाले महिला विश्वकपको पुरस्कार राशिमा तीन सय प्रतिशत रकम वृद्धि गरेको हो ।

पुरुष र महिला विश्वकपको पुरस्कार राशिमा निकै ठूलो अन्तर रहेको भन्दै त्यसको विरोध हुँदै आएको थियो । फिफाको पछिल्लो घोषणापछि पनि पुरुष र महिला विश्वकपको पुरस्कार राशिमा निकै ठूलो अन्तर देखिन्छ । गत वर्ष कतारमा भएको पुरुष विश्वकका लागि फिफाले ४४ करोड अमेरिकी डलर कुल पुरस्कार राशि छुट्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा