२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

संसदिय चुनाव भन्दा पनि विद्यालयको चुनावमा बढि प्रतिस्पर्धा

२०७३, १२ आश्विन बुधबार ११:५१

दान बहादुर बुढा/असोज १२, मुगु । जिल्ला भरका विद्यालयहरुमा भईरहेको विद्याललय व्यवस्थापन समितिको गठन प्रक्रिया संसदिय निर्वाचन भन्दा कडा प्रतिस्पर्धा र जोखिम देखिन थालेको छ ।

 विद्यालय व्यवस्थापन समितिको गठन गर्दा राजनितिक दलहरुको आपसी विवादले धेरै विद्यालयको समिति गठन प्रक्रिया स्थगित भएको छ भने कतिपय विद्यालयमा राजनितिक दलका कार्यकर्ता विच विवाद चुलिदा कुटाकुट समेत भएको छ । 

फोतु गाविसको ताजा गाउँमा रहेको भवानी प्राथामिक विद्यालयको व्यवस्थापन समिति गठन गर्न भएको अभिभावकहरुको भेलामा दलिय दवाव पछि विवादले उग्र रुप लिदा भएको झडपमा परि एक दर्जन बढि घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

असोज ६ गते देखि विद्यालय व्यवस्थापन समिति गठनका लागि स्थानीयवासी बिच छलफल सुरु भएको र छलफलका क्रममा विद्यालयको ४ लाख ६५ हजार रकम हिनामिना भएको भन्दै तत्काल सो रकम विद्यालयको खातामा जम्मा नगर्दासम्म व्यवस्थापन समिति गठन गर्न नहुने एक थरिको तर्क पछि विवाद सिर्जना भएर झडप भएको नेकपा एमालेका कार्यवाहक अध्यक्ष धर्मबहादुर शाहीले बताए । 

 आईतवार दिउसो भएको झडपका क्रममा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता एक भएको र नेकपा एमालेका कार्यकर्ता तथा सर्व साधारण माथी सुनियोजित आक्रमण गरि सात जना घाईते बनाएको एमालेको तर्क छ । 

झडपमा फोतु गाविस वडा नम्बर ८ का विर्खबहादुर शाही, वडा नम्बर ९ का  विष्न बुढा, वडा नम्बर ७ का दत्तबहादुर मल्ल, वडा नम्बर ६ का भक्तबहादुर शाही, वडा नम्बर ८ का भिमबहादुर शाही, वडा नम्बर ८ कै हंश शाही र वडा नम्बर ६ का बृख शाही घाईते भएका थिए । 

घाईतेलाई सोमबार उपचारका लागि हेलिकप्टरबाट जिल्ला अस्पताल ल्याईएको थियो । घाईते मध्य वडा नम्बर ८ का बृखबहादुर शाही, वडा नम्बर ७ का दत्तबहादुर मल्ल र वडा नम्बर ६ का विर्ख शाहीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज तर्फ रेफर गरिएको जिल्ला अस्पताल मुगुका डाक्टर अशोक खनालले जानकारी दिए । 

यता काँग्रस र माओवादी केन्द्र समर्थक ६ जना कार्यकर्ता घाईते अवस्थामा गाउँमा नै रहेको बताईएको छ । सदरमुकाम गमगढी देखि दुई दिन टाढा रहेको र सञ्चार असुविधाका कारण विस्तृत जानकारी आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शारादाप्रसाद चौधरीले जानकारी दिए । 

प्रहरीका अनुसार गाउँमा रहेका घाईतेहरुको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तर्फ लिने तयारी भईरहेको छ । गाउँमा रहेका घाईते मध्य भुम्मल शाही, पानसरा शाहीको अवस्था चिन्ता जनक रहेको र संवेदनहिनता भएको जत्थाले सर्वसाधारण माथी अन्धाधुन्ध आक्रमण गर्दा घाईतेहरुको ज्यान समेत खतरापुर्ण रहेको नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य मंगलबहादुर शाहीले बताए । 

 विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा अभिभावक बिचको विवाद र राजनितिक रंग मिसाएका कारण सदरमुकाम गमगढी स्थित महाकाली उच्च मावि श्रीनगरको विद्यालय व्यवस्थापन समिति गठनको मुद्दा जिल्ला शिक्षा कार्यालय र  जिल्ला प्रशासन कार्यालयमा पुगेको छ । 

त्यस्तै जन ज्योति उमावि नार्थपु, भवानी प्रावि नार्थपु लगायत धेरै विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रिया स्थगित गरिएको छ । जिल्लाभर रहेका कुल १ सय ३७ सरकारी विद्यालय मध्य ७५ प्रतिशत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भईसकेको र २५ प्रतिशतमा गठन हुन बाँकि रहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक धनसुधन चौलागाईले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला