१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दिल्ली उडे महन्थ ठाकुर

२८ जेष्ठ २०८०, आईतवार ०८:१३

जेठ २८, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान गरेका छन् । अध्यक्ष ठाकुर दिउँसो १ः२५ बजे भारत प्रस्थान गरेका हुन् । उनी स्वास्थ्य उपचारका लागि भारत गएको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए । अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हालै भारत भ्रमण सकेर फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड दिल्ली जानुअघि जनमत पार्टीका अध्यक्ष सिके राउत पनि दिल्ली पुगेका थिए । राउत भारतीय जनता पार्टीका नेता तथा सरकार पक्षका केही व्यक्तिलाई भेटेर फर्केका थिए । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि त्यसतर्फ गएका थिए । त्यसको केही दिनपछि महानगरपालिका मेयर बालेन साह पनि भारत पुगेका थिए । उनीहरु आफ्नो व्यक्तिगत कामका लागि भारत गएको दावी गरिएको छ ।

सोही सिलसिलामा लोसपाका अध्यक्ष ठाकुर पनि दिल्ली जान लागेको बुझिएको छ । स्वास्थ्य उपचारपछि ठाकुरले केही भारतीय नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको स्रोतले बताएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट