राजनीति सफा नगरी यो देशमा परिवर्तन सम्भव छैन : उपप्रधानमन्त्री श्रेष्ठ

Posted on: 11 Jun, 2023

जेठ २८, काठमाडौँ | उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरी देश परिवर्तन गर्न नसकिने बताएका छन् ।

आइतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलन गरी लोकतन्त्र स्थापित गरेपनि नागरिकले चाहेको आवश्यक्ता पूर्ति गर्न नसकिएको स्वीकारे । राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बतायो । राजनीतिबाट भागेर लोकतन्त्रको रक्षा गर्न र उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न सकिने प्रष्ट्याए ।

‘लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर हामीले लडेर लोकतन्त्र ल्यायौं । यति धेरै लोकतन्त्रका निम्ति संघर्ष भएको देश पनि कमै छन् । ६ दशक निरन्तर संघर्ष, एक पटक थोरै परिवर्तन, फेरि प्रतिगमन, फेरि परिवर्तनका लागि हामीले संघर्ष गरेका थियौं । लोकतन्त्रपछि पनि जति जनतालाई डेलिभरि दिनुपर्ने हो त्यो हुन सकेन । आजको समस्या त्यो हो । यो राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने नेतृत्वको कमजोरी हो’, श्रेष्ठले भने, ‘त्यो कमजोरी पोलिटिक्समा छ । राजनीतिलाई सफा नगरी यो देशमा परिवर्तन गर्न सकिँदैन । त्यो जिम्मा हामीमा छ, साथै सबै नागरिकमा छ । राजनीतिबाट भागेर होइन, राजनीतिमै रहेर हामीले बनाउने कि बर्बाद गर्ने भन्ने यसमै निहीत छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!