२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इजलासमा टेकनाथ रिजालको गुनासो- श्रीमान् ! हिरासतमा सास फेर्न पनि गाह्रो भयो

२०८०, २८ जेष्ठ आईतवार ११:३६

जेठ २८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस भइरहेका बेला प्रतिवादीहरूले हिरासत कक्षमा बस्न समस्या भइरहेको भन्दै इजलासमा गुनासो गरेका छन् । आइतबारका लागि बहस सकिएपछि टेकनाथ रिजाल र शमसेर मियाँले न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सामुन्ने पुगेर गुनासो गरेका थिए ।

हज कमिटीका अध्यक्षसमेत रहेका शमसेरले हिरासत कक्षमा नमाज पढ्न नपाएको देखि प्रहरीले आफ्नो कुराहरू नसुन्ने गरेकोसम्म बताए ।

‘हिजोसम्म हामीलाई दरबारमार्ग वृत्तमा राखिएको थियो । तर, अचानक टेकु सारिएपछि त्यहाँ निकै गाह्रो भएको छ । मैले दैनिक ५ पटक नमाज पढ्ने गरेको थिएँ तर टेकुमा निकै समस्या परेको छ । त्यहाँका प्रहरी निकै खराब रहेछन् । कसैले कुरा सुन्दैनन् । अनुहार पनि किनेको पानीले धुनुपर्छ’, मियाँले भने ।

त्यसपछि टेकनाथ रिजालले टेकुको हिरासतमा सास फेर्न पनि समस्या हुने गरेको बताए ।

‘खप्टिएर बस्नुपर्छ। सास फेर्न पनि गाह्रो भयो’, उनले भने । त्यसपछि न्यायधीश न्यौपानेले गुनासो तत्काल समाधान गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

‘मानिसका धार्मिक, सांस्कृतिक कुराहरूलाई हामीले हेरिदिनुपर्छ’, उनले भने । दरबारमार्ग वृत्तमा राखिएका ४ जनालाई शनिबार दिउँसो टेकु सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह