१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इजलासमा टेकनाथ रिजालको गुनासो- श्रीमान् ! हिरासतमा सास फेर्न पनि गाह्रो भयो

२८ जेष्ठ २०८०, आईतवार ११:३६

जेठ २८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस भइरहेका बेला प्रतिवादीहरूले हिरासत कक्षमा बस्न समस्या भइरहेको भन्दै इजलासमा गुनासो गरेका छन् । आइतबारका लागि बहस सकिएपछि टेकनाथ रिजाल र शमसेर मियाँले न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सामुन्ने पुगेर गुनासो गरेका थिए ।

हज कमिटीका अध्यक्षसमेत रहेका शमसेरले हिरासत कक्षमा नमाज पढ्न नपाएको देखि प्रहरीले आफ्नो कुराहरू नसुन्ने गरेकोसम्म बताए ।

‘हिजोसम्म हामीलाई दरबारमार्ग वृत्तमा राखिएको थियो । तर, अचानक टेकु सारिएपछि त्यहाँ निकै गाह्रो भएको छ । मैले दैनिक ५ पटक नमाज पढ्ने गरेको थिएँ तर टेकुमा निकै समस्या परेको छ । त्यहाँका प्रहरी निकै खराब रहेछन् । कसैले कुरा सुन्दैनन् । अनुहार पनि किनेको पानीले धुनुपर्छ’, मियाँले भने ।

त्यसपछि टेकनाथ रिजालले टेकुको हिरासतमा सास फेर्न पनि समस्या हुने गरेको बताए ।

‘खप्टिएर बस्नुपर्छ। सास फेर्न पनि गाह्रो भयो’, उनले भने । त्यसपछि न्यायधीश न्यौपानेले गुनासो तत्काल समाधान गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

‘मानिसका धार्मिक, सांस्कृतिक कुराहरूलाई हामीले हेरिदिनुपर्छ’, उनले भने । दरबारमार्ग वृत्तमा राखिएका ४ जनालाई शनिबार दिउँसो टेकु सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट