१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधव नेपाललाई प्रचण्डको आग्रह– सरकारमा बसेर बजेटको विरोध नगरौँ

२९ जेष्ठ २०८०, सोमबार ०९:१५

जेठ २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीलाई सरकारमा बसेर बजेटको विरोध नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सांसदहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर  बजेटको विरोध नगर्न आग्रह गरेका हुन् । 

सरकारले पेस गरेको आगामी आर्थिक वर्षको बजेट एकीकृत समाजवादीका सांसद र नेताहरूले निरन्तर विरोध गर्न थालेपछि प्रचण्डले उनीहरूलाई बोलाएर छलफल गरेका हुन् ।

 ‘एकीकृत समाजवादी सत्ता साझेदार दल हो । मूलतः सरकारमा बसेपछि बजेटको विरोध गर्नु भएन’ बैठकमा सहभागी एक सांसदले प्रधानमन्त्री प्रचण्डको भनाई उद्धृत गर्दै भने, ‘अप्ठ्यारो परिस्थितिमा जे जस्तो बजेट आयो त्यो राम्रै आएको छ । यसमा सबै सहयोग गरेर जानुपर्छ ।’ 

आर्थिक सङ्कट भएकाले धेरै योजना कार्यक्रम समेट्न नसकिएको प्रचण्डले समाजवादीका नेताहरूसँगको भेटमा प्रस्ट पारेका थिए ।  ‘हामीलाई धेरै विकास निर्माण र योजनामा कार्यक्रम समेट्ने इच्छा थियो । आर्थिक स्थितिका बारेमा तपाईँहरू आफैँ जानकार हुनुहुन्छ’  ती सांसदले भने, ‘यो बेला सहयोग गरेर जानुपर्नेमा उल्टै विरोध गरे विरोधी बल पुग्ने बाहेक केही हुँदैन ।’

आगामी आर्थिक वर्षको बजेटमा एकीकृत समाजवादीका योजनाहरू नसमेटिएपछि विरोध जारी राखेका छन् । नेताको शक्ति र सत्तालाई केन्द्रमा राखेर बजेट विनियोजन गरेकाले विरोध जनाएको उपमहासचिव गंगालाल तुलाधरले बताए । बजेट विनियोजन गर्दा विधि पद्धति भन्दा बाहिर गएर गरिएकाले आपत्ति जनाएको तुलाधरको भनाई छ । तर, बजेट पारित हुन नदिने वा संशोधन गर्ने भन्नेतिर परिस्थिति नजाने बताएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट