प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना

Posted on: 12 Jun, 2023

जेठ २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ।

दाहाललाई सोमबार अपरान्ह नर्भिक अस्पतालमा भर्ना गरिएको हो। प्रधानमन्त्रीको सचिवालयले नियमित चेकअपका लागि दाहाललाई अस्पताल लगिएको जनाएको छ।

सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित छिन् । 

यो रोग निकै कम मानिसमा देखिने गर्दछ । यसले मानिसको सन्तुलन, हिँडडुल गर्न, बोल्न कठिनाइ हुने गर्छ । यसकै कारण मस्तिष्कको कोषिकामा पनि असर पुग्ने चिकित्सक बताउँछन् । ६० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या बढी देखिने गर्छ । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!