प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत

Posted on: 12 Jun, 2023

जेठ २९, काठमाडौँ | प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत भएका छन् ।

सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त दुवै विधेयक प्रस्तुत गर्नुभएको हो । दुवै विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले राख्नुभएको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!