१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विजय वर्मासँग प्रेममा छिन् ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया

३० जेष्ठ २०८०, मंगलवार ११:०१

जेठ ३०, काठमाडौँ | भारतीय सेलिब्रिटीहरु तमन्ना भाटिया र विजय वर्माले केही समयदेखि डेटिङ गरिरहेको हल्ला थियो । अब भने यो हल्ला यथार्थ पुष्टि भएको छ । अफवाहलाई पुष्टि गर्दै तमन्नाले आफू र विजय फिल्म ‘लस्ट स्टोरिज २’ को छायांकन सेटबाटै अफेयरमा रहेको बताएकी छन् ।

यो एन्थोलोजी फिल्ममा विजय र तमन्नाले स्क्रिन सेयर गरेका छन् । अमित रविन्द्रनाथ शर्मा, कोंकणा सेनशर्मा, आर बाल्की र सुजोय घोषले निर्देशन गरेको उक्त फिल्ममा काम गर्दा दुई स्टारले पहिलो पटक एकअर्कालाई भेटेका थिए ।


एक अन्तर्वार्तामा तमन्नाले भनेकी छन्, ‘मलाई लाग्दैन कि तपाईं कसैको को-स्टार भएकाले मात्रै तिनीप्रति आकर्षित हुन सक्नुहुन्छ । मसँग धेरै सहकलाकार छन् । मलाई लाग्छ यदि कोही कसैको लागि प्रेममा पर्छ र प्रेम महसुस गर्छ भने यो पक्कै निजी कुरा हो । यो कुरालाई कसैले मतलब गर्नुपर्छ भन्ने लाग्दैन ।’

विजयको बारेमा कुरा गर्दै उनले भनिन्, ‘उहाँ त्यस्तो व्यक्ति हो, जसलाई म साँच्चै हेर्छु । जससँग मैले विशुद्ध रुपमा प्रेम गरेकी छु । उहाँ मप्रति पनि समर्पित हुनुहुन्छ ।’

गोवामा नयाँ वर्षको पार्टीमा चुम्बन गरेको भिडियो सोसल मिडियामा सार्वजनिक भएपछि उनीहरूबीच अफेयरको चर्चा सुरु भएको थियो । त्यसयता दुवैले आफ्नो सम्बन्धबारे मौनता कायम राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट