१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीकर्ताको एकपछि अर्को अडान, समितिको वैधानिकतामा उठाए प्रश्न

३१ जेष्ठ २०८०, बुधबार ०८:०१

जेठ ३१, काठमाडौँ | प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्नेहरू एक्लाएक्लै छलफलमा नजाने अडानका कारण संसदीय समितिको बैठक प्रभावित भएको छ । उजुरीकर्ताहरू समूह बनाएरै संसद सचिवालयमा आएका छन् । उनीहरूले एकैपटक बोलाइनुपर्ने नत्र कोही पनि नजाने अड्डी कसेपछि अहिले समिति सचिव, सहसचिवलगायतका कर्मचारीसँग छुट्टै कोठामा छलफलमा छन् ।

उजुरीकर्ताका तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुव श्रेष्ठले समिति सचिव पद्मप्रसाद पाण्डे र सहसचिव एकराम केसीलगायतका कर्मचारीसँग छलफल गरे । कर्मचारीसँग छलफलपछि उनीहरू वार्ताका लागि मात्र भनेर अहिले समिति बैठकमा छिरेका छन् । तर, उजुरीउपर छलफल भने नगर्ने उनीहरूको जिकिर छ ।

बैठकमा २० वटा उजुरीका २३ जना उजुरीकर्ता सम्पर्कमा आएको ज्येष्ठ सदस्य तथा समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिएका छन् । उनले प्रत्येक उजुरीकर्तालाई १० मिनेटको समय उपलब्ध गराएपछि उजुरीकर्ताले सामूहिक रूपमा विरोध जनाएका थिए ।

उजुरीकर्ताले संसदीय सुनुवाइ समितिकै वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘संवैधानिक परिषद्को अवैधताको विषयमा मैले निवेदन दायर गरेको छ । तर, सर्वोच्च अदालतले नौ दिनसम्म होल्ड गरेर राख्यो । हामीले १० औं दिनमा प्रेस मिट गराइएपछि दरपीठ भएर जानकारी गराइयो । त्यसको विरुद्ध अर्को मुद्दा लाग्छ । त्यो मुद्दा पनि उठायौं । त्यसको आजसम्म चार पटक पेशी तोकिएको छ तर हेर्न नभ्याउने भनेर हामीलाई यातना दिइरहेको छ । हामी मुद्दा लडिरहेका छौं ।’

उनले थपे, ‘संवैधानिक परिषद् मिटिङ बस्न सक्ने, कारवाही गर्ने र कुनैपनि सिफारिस गर्ने सम्बन्धित कानुनहरु हुन्छ त्यो कानून नै ओलीको पालामा झिकिएको छ। खारेज गरिएको छ । अहिले पनि ल्याइएको छैन । त्यसैले यो संसदीय सुनुवाइ समितिको पनि वैधानिकता छैन ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट