१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

खाणको बचाउमा बार अध्यक्षको जिकिर- उहाँलाई फसाउनकै लागि प्रहरीले नक्कली प्रमाण खडा गर्‍यो

३१ जेष्ठ २०८०, बुधबार ०८:१४

जेठ ३१, काठमाडौँ | नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई फसाउनकै लागि प्रहरीले आफैं प्रमाण खडा गरेको जिकिर गरेका छन् ।

खाणको पक्षमा बहस गर्दै घिमिरेले प्रहरीले पक्राउ परेका प्रतिवादीहरुलाई दबाबमा राखेर पटकपटक बयान लिएको र सोही क्रममा खाणको नाम जबरजस्ती पोल्न लगाइएको जिकिर गरेका छन् ।

केशव दुलालले खाणलाई गृहमन्त्रालयमा पुगेर बुझाएको भनिएको १ करोड २४ लाखको पनि कुनै प्रमाण नभएको उनको दाबी छ । दुलाललाई प्रहरी हिरासतमा जबर्जस्ती बयान गर्न लगाइएपनि पछि इन्कारी बयान दिएको घिमिरेको भनाइ थियो ।


उनले भने, ‘प्रहरीले खाणविरुद्ध प्रमाण आफैँ बनाएर फसाएको छ । केशव दुलालले १ करोड २४ लाख गृहमन्त्रालयमा लगेर बुझाएको प्रहरीलाई बयान दिएका थिए । अहिले उनले इन्कारी बयान दिएका छन् । जबर्जस्ती कसैले बोलेको भरमा कुनै प्रमाण नै नपुगी फसाउन पाइन्छ ? केशव दुलालले गृहमन्त्रालय पुगेर पैसा दिएको भनिएको छ । उनी कुन बेला मन्त्रालय छिरेका थिए ? कुन झोला बोकेर हिँडेका थिए ? कति बेला निस्के ? कुन गाडीमा गएका थिए ? भन्ने कुरा राख्नुपर्दैन । कसैले भनेका आधारमा थुन्न पाइन्छ ?’

यस्तै उनले टेकनारायण पाण्डेलाई पनि प्रहरीले दबाबमा राख्दै पटकपटक बयान गर्न लगाएर खाणको नाम मुछ्न लगाइएको आरोप लगाए ।

घिमिरे सरकारी वकिलमाथि खनिएका छन् । उनले भने, ‘प्रहरीले गरेको अनुसन्धन ठीक छ कि छैन भनेर सरकारी वकिलले हेरेन पूरै आँखा चिम्लेको छ । मान्छे फसाउनकै लागि प्रहरीको घेराभित्र बयान गर्न लगाइएको छ । सरकारी वकिलले राम्रोसँग काम नगरेको कारण प्रहरीका धेरै अनुसन्धान विवादित छन् ।’

पुरानो सरकारले गरेका नीतिगत निर्णयहरू कार्यान्वयन गरेर खाणले कुन अपराध गरे ? भन्दै घिमिरेले इजलासमा प्रश्न गरेका छन् ।

उनले भने, ‘बालकृष्ण खाणले कुन अपराध गरे ? अघिल्लो सरकारले गरेका नीतिगत निर्णय मात्रै अगाडि बढाएका हुन् । अघिल्लो सरकारको कामलाई निरन्तरता दिनु चाँही जिम्मेवारी हो । २०७५ साल मंसिर २ गते निर्णय भएको रहेछ । २०७६ साउन २ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल हुँदा समिति बनेको रहेछ । पछि त्यही कामलाई खाणले २०७९ सालमा निरन्तरता दिइएको छ । त्यो पनि ठोस राय दिनका लागि भनेर । अघिल्लो सरकारले गरेको कामलाई अगाडि बढाउँदा कहाँनेर अपराध भयो ?’

उनले बालकृष्ण खाणको साथबाट बरामद गरिएको भनिएको कागज पनि प्रहरीले नक्कली खडा गरेको आरोप लगाए ।

उनले भने, ‘कागजमा कसैको हस्ताक्षर छैन । खाण आफैंले पनि स्वीकार गरेका छैनन् । कहाँबाट बरामद गरेको भन्ने पनि छैन । त्यस्तो चिजलाई सरकारी वकिलले प्रमाणको रुपमा लिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट