३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माओवादी केन्द्रको वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

१२ आश्विन २०७३, बुधबार १७:२८

असोज १२, कास्की | नेकपा माओवादी केन्द्र कास्की निर्वाचन क्षेत्र नं ४ अन्तर्गतका पार्टी जिल्ला समिति सदस्यहरुको वैठक तथा प्रशिक्षण कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

वैठकले निर्वाचन क्षेत्र नं ४ मा व्यापक संगठन विस्तार गर्न ३ महिने संगठन विस्तार तथा सुदृढिकरण अभियान संचालन गर्ने, नेताहरुको कार्यविभाजन तथा विकास निर्माणका कामहरुलाई विशेष जोड दिने लगायतका निर्णयहरु गरेको छ । वैठकमा क्षेत्र नं ४ का पार्टी जिल्ला सम्मेलन आयोजक समितिका रहेका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रीय सचिवालय सदस्य हरि अधिकारी(कुमार)ले माओवादी पार्टी कहिल्यै पनि कमजोर नभएको भन्दै पार्टीले उठाएका एजेण्डाहरुको जित हुँदै गएको वताए ।

युद्धकाल, शान्ति सम्झौता तथा त्यसपछिका हरेका परिर्वतनहरुमा माओवादी पार्टीको जहिले पनि निर्णायक भुमिका रहने गरेको भन्दै नेता अधिकारीले माओवादी कमजोर भयो भनेर प्रचार गर्नु झुटको खेती गर्नु भएको दावी गरे । पार्टी तेस्रो स्थानमा अहिले आउनु प्राविधिक विषयको भएको धारणा राख्दै नेता अधिकारीले अवको निर्वाचनमा माओदी पुन देशको पहिलो पार्टी वन्ने दावी अधिकारीको रहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणवाट विगतमा चिसिएको सम्वन्ध सुर्धिएको भनाई राख्दै छिमेकी मुलुकहरु विच सुमधुर सम्वन्ध कायम गरेर अघि वढ्न प्रधानमन्त्री सफल भएकोमा सवैले गर्व गर्नुपर्ने भनाई राखेका छन् । विगतमा पार्टीवाट केही कमजोरीहरु भएको स्विकार गर्दै नेता अधिकारीले अव माओवादी केन्द्र एकढिक्का भएर स्थानीयतहको निर्वाचन होमिने र त्यसका लागि तयार रहन पार्टी कार्यकर्तालाई उनको निर्देशन रहेको छ ।

पार्टीका पोलिट्व्युरो सदस्य तथा जिल्ला संयोजक राजकाजी गुरुङ्ग(करण)ले जिल्लामा १५ हजार पार्टी सदस्य पुर्याउने अभियानलाई यस क्षेत्रमा समेत तिर्वताका साथ अघि वढाउन निर्दैशन दिएका छन् । जनताका विकास निर्माणका कामहरुमा पार्टी सँधै सक्रियताका साथ लागिरहेको भनाई राख्दै पुर्वसभासद समेत रहेका नेता करणले जनतालाई विकास निर्माणको माध्यमवाट राहत प्रदान गर्न थप मेहनत गर्ने भनाई उनको छ । पार्टीका निर्वाचन क्षेत्रनं ४ का ईन्चार्ज रामजी बराल(जिवन)ले आजवाट सुरु भएको अभियानवाट जनतामा उत्साह वढेको भनाई राख्दै पार्टी संगठन निर्माणलाई व्यवस्थित रुपमा अघि वढाईने वताए । पार्टी केन्द्रका सल्लाहकार कोमलनाथ बरालले पार्टी तथा सरकारका राम्रा कामहरुको प्रचार हुन नसकेको भन्दै अभियानमा जाँदा सरकारका राम्रा कामहरु वारे जनतालाई जानकारी गराउन आग्रह गरेका छन् । कार्यक्रममा निर्वाचन क्षेत्रनं ४ अन्तर्गतका गाविस तथा वडा कमिटिका अध्यक्षहरुले आफ्नो ठाउँको रिपोटिङ्ग समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड