बजेटमाथि निरन्तरता दिन आज प्रतिनिधिसभाको बैठक बस्दै

Posted on: 15 Jun, 2023

जेठ ३२, काठमाडौं | प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।

बैठक सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी वर्षको बजेटमाथिको छलफलले निरन्तरता पाउनेछ । 

आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!