१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाल हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर राजदूत शर्माले संविधान विरोधी काम गरे : रघुजी पन्त

३२ जेष्ठ २०८०, बिहीबार ०६:०६

जेठ ३२, काठमाडौँ | नेकपा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर अन्तर्वार्ता दिएको भन्दै प्रतिनिधि सभा बैठकमा विरोध जनाएका छन् । 

बिहीबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाल असंलग्न परराष्ट्र नीतिमा सरकारले जोड दिँदै आएकोमा अहिले खलबलिन थालेको बताए ।  

उनले हालै भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले महांकालमा गएर पूजा गएको, प्रधानमन्त्री र मन्त्रीले गेरुवा बश्त्र धारण गरेपछि भारतका लागि नेपाली राजदूतले बिचारमा पनि गेरुवा वस्त्र धारण गरेको टिप्पणी गरे ।  

सांसद पन्तले एक दैनिक पत्रिकामा भारतस्थित राजदूत शङ्कर शर्माको अन्तर्वार्ता आएको बताउँदै सो अन्तर्वार्ता हेर्दा नेपालको परराष्ट्र नीति के हुन लागेको भन्ने प्रश्न खडा भएको बताए । 

सो अन्तरवार्तामा शर्माले घुमाएर हिन्दु राष्ट्र नेपालको वकालत गरेको र नेपालको धर्म निरपेक्षतामाथि प्रश्न खडा भएको टिप्पणी गरे । सांसद पन्तले राजदूत शर्माले हिन्दु राष्ट्र नेपालको वकालत गरेर संविधान विरोधी काम गरेको आरोप लगाए । 

उनले सरकार हिन्दु राष्ट्रको पक्षमा हो कि हैन भन्दै त्यसबारे संसदमा प्रस्ट पार्न आग्रह गरे । साथै भारतले नयाँ संसद भवनमा राखेको विवादित नक्साका बारेमा सरकारको धारणा माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट