२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने २ सडक बन्द

२०८०, ३२ जेष्ठ बिहीबार ०६:३४

जेठ ३२, काठमाडौँ | गए राति परेको वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक खण्ड अवरुद्ध भएका छन् । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने कान्तिलोक पथ र हेटौँडा कुलेखानी सिस्नेरी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


राती परेको वर्षाको कारण कान्तिलोक पथ अन्तर्गतको ललितपुरको भट्टे डाँडामा पहिरो खस्दा सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ । पहिरोका कारण केही सवारी साधनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

त्यस्तै पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जोड्ने हेटौँडा कुलेखानी सिस्नेरी सडक खण्ड अवरुद्ध भई यातायात सेवा बन्द भएको छ । मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–३ सिस्नेरीमा बिहीबार बिहान ५ बजेको समयमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा काठमाडौँ हेटौँडा आवतजावत गर्नै सवारी साधनहरू बाटोमै रोकिएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार दुबै सडक खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाए लगत्तै सडक सञ्चालनमा ल्याइने उनले बताए ।

हेटौँडाबाट काठमाडौँ आवत जावतका लागि वैकल्पिक सडकको प्रयोग गर्न उनले आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह