नागरिकता माग्नु अपराध भए गोली हानेर धपाउनुस् : सांसद खान

Posted on: 15 Jun, 2023

जेठ ३२, काठमाडौँ | जनमत पार्टीका सांसद अब्दुल खानले नागरिकता विहिनहरुले नागरिकता माग्नु अपराध हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै नागरिकता माग्नु अपराध भए गाली हान्न आग्रह गरे।

उनले भने, ‘संसदबाट विधेयक पास हुन्छ तर लागू हुँदैन, कहिले राष्ट्रपतिले रोक्छ, कहिले न्यायालयले रोक्छ। नागरिकताविहीनले नागरिकता पाउनेचाहिँ कहिले हो ? गृहमन्त्रीज्यू, नागरिकता माग्नु अपराध हो भने गोली हानेर धपाउनुस्।’

नागरिकताको विषयमा दलहरुबीच महिनैपिच्छे कुरा फेरेको आरोप लगाए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!