१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदमा ५४ सीटको नेतृत्व गर्दै प्रचण्ड, भोलि समाजवादी केन्द्र घोषणाको तयारी

३२ जेष्ठ २०८०, बिहीबार १०:३२

जेठ ३२, काठमाडौँ | प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो प्रयासपछि समाजवादी मोर्चा घोषणाको संघारमा पुगेको छ । तत्काल पार्टी एकताको सम्भावना नभएपछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका हुन् ।

मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेसपा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सामेल गराउने प्रयास भइरहेको छ । तर, नेसपा भने तत्कालै सहभागी नहुने भएको छ । समाजवादी केन्द्र घोषणाबारे डा. भट्टराईसँग बिहीबार दिउँसोसम्म केही छलफल नभएको जानकारी आफूले पाएको नेसपाका नेता विश्वदीप पाण्डेले बताए । बाबुराम पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग सन्तुष्ट छैनन् । प्रचण्डसँग दूरी बढेकै कारणले अहिले के गर्ने भन्ने निश्चित नभएको हो । उनी अहिले गोरखाबाट काठमाडौं फर्किदैछन् ।


माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको लामो प्रयासपछि विप्लव मोर्चामा सहभागी हुन राजी भएका छन् ।

नेकपा एसका नेता मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा गर्ने तयारी रहेको बताए । उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लवजीको पार्टीबीच मोर्चा बन्दैछ । त्यो वृहत् वाम एकतासम्म पुग्ने लक्ष्यका साथ मोर्चा घोषणा हुन लागेको हो ।’

समाजवादी मोर्चाबारे छलफल गर्न नेकपा एसले शुक्रबार बिहान पदाधिकारी र सचिवालयको बैठकको उपमहासचिव गंगालाल तुलाधरले बताए ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले घोषणाको तयारीबारे छलफल भइरहेको स्वीकारे पनि घोषणा मिति खुलाएनन् । मोर्चामा कुन-कुन दललाई सहभागी गराउने भन्नेबारेमा छलफल भइरहेको जिकिर गरे ।

त्यसो त बुधबार दाङ पुगेर प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाको दस्तावेज तयार भइसकेको बताएका थिए ।

उनले भनेका थिए, ‘हिजोको एकता कायम राख्न सम्भव भएन । समाजवादी मोर्चाको दस्ताबेज टुंग्याएका छौं । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच समाजवादी मोर्चा घोषणा हुन्छ ।’

उनले तल्लो तहसम्म समाजवादी मोर्चा बन्ने उल्लेख गर्दै फेरि नयाँ नेकपा बनाउने ठाउँसम्म आफूहरू जाने उनको भनाइ छ ।

समाजवादी मोर्चा बनेसँग प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड थप शक्तिशाली बन्ने भएका छन् ।

तेस्रो निर्णायक शक्तिको सदुपयोग गर्दै प्रधानमन्त्री बनेका प्रचण्ड मोर्चा घोषणा भएपछि ५४ सीटको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ । माओवादीको ३२ सीटमा नेसपाको दुई सांसद छन् ।

मोर्चाको भविष्यमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेसम्मको लक्ष्य रहेको बताइन्छ । तर, मोर्चाको नेतृत्व आलोपालो गर्ने वा कसरी गर्ने भन्ने अझै नटुंगिएको नेताहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट