स्वर्णिम वाग्लेको दाबी- नक्कली शरणार्थी प्रकरण छानबिन भइरहेको बेलामा पृथ्वी शाहको फ्रड केस आयो

Posted on: 15 Jun, 2023

जेठ ३२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा रहेको बेलामा मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल पार्ने पृथ्वी शाहको फ्रड केस आएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भइरहँदा मुलुकको अन्तर्राष्ट्रिय छवि धुमिल पार्ने पृथ्वी शाहको फ्रड केस पनि जोडिएको समाचार आएको छ ।’

उनले सार्वजनिक संस्थाहरुको क्षयीकरणको बिषयमा ९ सालदेखि तालिम दिँदै आएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पदपूर्ति नगर्ने, प्रतिष्ठानको काम मन्त्रालय आफैं गरेकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘मधेशमा १४७ विगा र पहाडमा ४५२ रापनी जग्गा रहेको संस्थाको सम्पत्ति पनि जगर्ने गर्नुपर्ने चुनौति देखिएको छ। अर्को ललिता निवास काण्ड नदोहोरियोस् ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!