प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको प्रश्नोत्तर सुरु

Posted on: 16 Jun, 2023

असार १, काठमाडौं | संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर सुरु गरेका छन् । आज सिंहदरबारस्थित बिहान ८ बजे बसेको बैठकमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा प्रश्न गरि रहेका छन् ।

प्रश्न सोध्ने क्रम सकिएपछि कार्कीले जवाफ दिनेछन् । संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।

संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ । कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!