२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

केही दलले निर्णय गरिनसकेकाले आज समाजवादी मोर्चा घोषणा नहुने

२०८०, १ असार शुक्रबार ०६:२४

असार १, काठमाडौँ | आज समाजवादी मोर्चाको घोषणाको तयारी गरिएकोमा सहभागिताका लागि केही दलले नटुंग्याएका कारण केही दिन ढिला हुने भएकाे छ ।

यहीबीचमा आज बसेको नेकपा एकीकृत समाजवादी सचिवालय बैठकले चाँडोभन्दा चाँडो मोर्चा घोषणाको पहल गर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले आज मोर्चा घोषणा हुन नसक्ने बताए ।

उनले भने, ‘हामीले एक वर्षअघि नै पहल गर्दै आइरहेका छौं । मोर्चा घोषणा गर्न केही दिन लाग्ने देखियो । हामीले टुंगाइसकेका छौं । अन्य दलले नटुंग्याउँदा आज घोषणा हुन नसक्ने देखियो । चाँडै घोषणा गर्ने ठाउँमा दलहरुमा छलफल भइसक्यो । यसलाई अगाडि बढाउने निर्णय पार्टीबाट सर्वसम्मत निर्णय गरेका छौं ।’

प्रदेश र जिल्लाहरूमा पनि मोर्चाको संयन्त्र बन्नसक्ने बताए । पार्टी एकताको लागि मोर्चा नबनेको प्रष्ट्याउँदै पछि कहाँसम्म पुगिन्छ भन्न नसक्ने बताए ।

‘अहिले माओवादी, नेकपा एस, जसपाले पहिले नै निर्णय गरेका हौं । विप्लवको नेकपा पनि छलफलमा छ । अन्य दलसँग अन्तिम गृहकार्य भइसकेको छैन । गृहकार्य सकेर केही दिनै घोषणा हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह