१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चीनमा ४ महिना लामो उपचारपछि वर्षमान पुन स्वदेश फर्किए

१ असार २०८०, शुक्रबार ०६:४९

असार १, काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वदेश फर्किएका छन् । 

चीनमा चार महिना लामो उपचार गराएर स्वास्थ्य ठीक भएपछि उपमहासचिव पुन शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । उपमहासचिव पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले स्वागत गरेका थिए ।


विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपमहासचिव पुनले आफ्नो स्वास्थ्य पूर्ण रूपमा ठीक भएको बताए । 'सबैको माया र सद्‌भावले म स्वस्थ भएर फर्किएको छु,' उनले भने, 'अब राजनीतिमा सक्रिय हुन्छु ।'  उनले स्वास्थ्य उपचारका क्रममा पनि नेपालको राजनीतिप्रति चासो राखेको बताए । 

जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपमहासचिव पुन उपचारका लागि पत्नी ओनसरी घर्तीसहित १ फागुन २०७९ मा चीन गएका थिए । पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट