१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा एसएसपी पाल निलम्बित

१ असार २०८०, शुक्रबार ०९:५८

असार १, काठमाडौँ | सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बनमा परेका छन् । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि मन्त्रालयमा सिफारिस गरेको थियो । 

केही दिनअघि महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपपछि उनलाई प्रहरी मुख्यालयमा तानिएको थियो । घटना छानविन गर्न सुदूरपश्चिम प्रदेश प्रहरीले समिति बनाएको थियो । उक्त समितिकै सिफारिसमा प्रहरी मुख्यालयले पालको निलम्बन गर्न गृहमा सिफारिस गरेको हो । प्रहरी केन्द्रीय प्रवक्ता डीआइजी कुवेर कडायतका अनुसार प्रहरी मुख्यालयकै सिफारिसमा पाललाई निलम्बन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट