मन्त्रीहरुले हेर्नै नसक्नेगरी एक क्षेत्रमा मात्रै बजेट हाल्नु हुँदैन : देवेन्द्र पौडेल

Posted on: 16 Jun, 2023

असार १, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्गिय, क्षेत्रिय र लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्ने बताएका छन्।

प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सबै क्षेत्रमा समान रुपमा आउनुपर्ने बताए।

उनले भने, ‘वर्गिय, क्षेत्रिय, लिङ्गीय उत्पीडनको अन्त्य हुनेगरी राज्यको अग्रगामी पुनःसंरचना गर्नुपर्छ भन्ने पक्षमा छौं। त्यस्ता उत्पीडनको अन्त्य हुनेगरी बजेट आउनुपर्छ। मन्त्रीले दुई, चारवटा बजेट हाल्नु स्वभाविक भएपनि देख्न र हेर्नै नसक्नेगरी एक क्षेत्रमा मात्रै बजेट हाल्नु हुँदैन।’

बजेटले कुनैपनि क्षेत्रका जनतालाई अन्याय गर्न नहुने बताए। उनले पुरानो व्यवस्था नफर्किने भन्दै अहिलेको प्रणालीलाई आक्रमण नगर्न आग्रह समेत गरे।

उनले भने, ‘वर्तमान राज्यप्रणालीमाथि आक्रमण गर्नु संविधान विपरित हो। त्यसैले पुरानो व्यवस्था फर्किने सम्भावना छैन। यो प्रणालीमाथि आक्रमण नगर्नु नै राम्रो हुन्छ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!