१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गगन थापालाई लेखकको जवाफ- व्यक्तिले चाहँदैमा सभापति परिवर्तन हुँदैनन्, महाधिवेशन पर्खिनुस्

१ असार २०८०, शुक्रबार ११:५८

असार १, काठमाडौँ | नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महाधिवेशन नआई पार्टी सभापति हटाउन नमिल्ने बताएका छन् ।

महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई मार्ग प्रशस्त गर्न भनेपछि उनले महाधिवेशनले मात्रै सभापतिलाई पदबाट हटाउने विधि र प्रक्रिया रहेको बताए ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘पार्टी सभापति, केन्द्रीय समिति चयन गर्ने प्रक्रिया र पद्धति महाधिवेशन भएकाले त्यसबाट मात्रै सभापति चयन हुने वा परिवर्तन हुनसक्छ । एउटा व्यक्तिले भनेरमात्रै हुँदैन ।’

कांग्रेस ठूलो लोकतान्त्रिक पार्टी भएकाले वादविवाद, आलोचना हुनु स्वाभाविक भएको नेता लेखकले बताए । निश्चित प्रक्रिया र पद्धतिबाट मात्रै सभापति परिवर्तन हुने उनको भनाइ छ ।

आगामी महाधिवेशनबाट मात्रै कांग्रेसले अर्को सभापति पाउने उनले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट