बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न प्रधानमन्त्रीको निर्देशन

Posted on: 18 Jun, 2023

असार ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभएको छन् । उहाँले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक

कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल गर्नुभएको छन् । प्रधानमन्त्री दाहालले बाढी-पहिराका कारण भएको धनजनको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्नुभएको छन्  ।

गएराति पूर्वी नेपालमा आएको भारी वर्षाका कारण बाढी र पहिरो आउँदा सङ्खुवासभामा १७ र पाँचथरमा ६ जना बेपत्ता भएका छन् । बाढीले मेची राजमार्ग अवरुद्ध भएको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!