सरकारलाई ठाकुर गैरेको प्रश्न- भारत सुगौली सन्धीबाट पछि हटेको हो ?

Posted on: 18 Jun, 2023

असार ३, काठमाडौँ | नेकपा एमालेका सांसद ठाकुर गैरेले भारत सुगौली सन्धिबाट पछि हटेको हो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारलाई त्यसबारे जानकारी लिन ध्यानाकर्षण गराए ।

उनले नेपाल आफ्नो रक्षाको लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको पनि बताए ।

उनको भनाइ जस्ताको तस्तै

नेपालमा जन्मेका गौतम बुद्धलाई भारतमा जन्मेको हुन् भनेर गलत प्रचार गर्ने भारत, अहिले कपिलवस्तु र लुम्बिनीलाई सदनमा नक्सांकन गरेर गलत प्रचार भइरहेको छ । अहिले आदिपुरुष सिनेमाको नाममा सीता भारतको छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार प्रवाह हुनुको साथै त्यसका लेखकले नेपाल भारतकै अंग हो भनेर गलत अभिव्यक्ति दिइसकेका छन् । नेपाल सरकार के गर्दैछ ? के भारत सुगौती सन्धिबाट पछि हटेको हो । सरकार स्पष्ट हुन जरुरी छ । नेपाललाई ग्रेटर नेपालको बहसतर्फ त्यसको पक्षधर बनाउने बहसतर्फ धकेल्न खोजेको हो ? यदि त्यसो गर्न खोजेको हो भने देशको रक्षाको लागि नेपाल जुनसुकै मूल्य चुकाउन तयार छ । हामी एक इन्च भूमि छाड्दैनौं । त्यसका लागि तयार हुनुपर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!