२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बाढी पहिरोले पूर्वमा पुल र सडकमात्रै ५० करोडको क्षति

२०८०, ३ असार आईतवार ०७:०२

असार ३, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्वी पहाडी जिल्लामा गएको बाढी पहिरोका कारण सडक र पुल मात्रै ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुमलगायतका जिल्लामा बाढीले पुर्‍याएको क्षतिबारे जानकारी दिँदै भौतिक मन्त्रालय अन्तर्गत पुल र सडकको मात्रै ५० करोड रुपैयाँ बढीको क्षति भएको बताएका हुन् । 

‘बाढी पहिरोले धेरै ठुलो जनधनको क्षति भएको छ । केही व्यक्तिको ज्यान गएको र कतिपय बेपत्ता हुनुहुन्छ’, मन्त्री ज्वालाले भने, ‘सरकारले बेपत्ता नागरिकको उद्धार र पीडितको राहातका लागि तीव्र काम गरिरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोज तथा उद्धारमा खटिएका छन् ।’ 

उनले ताप्लेजुङ र पाँचथर जोड्ने मेची राजमार्गको ४६ मिटर लामो हेवा खोला पुल भत्किएपछि ताप्लेजुङ यातायातको सम्पर्कबाट पूर्णरुपमा विच्छेद भएको पनि जानकारी दिए । अरुण कोरिडोरमा ५ सय मिटर सडक बगेको, पांग्रेभिरको सडक खुलाउने प्रयास सुरु भैसकेको ,फालेलुङको पुल बगेको, फिदिम यासोक सडक अवरुद्ध भएको, कान्छी दोकान अवरुद्ध भएको, चिया भन्ज्याङको फलौचा बजारको मेवा खोला पुल भत्किएको पनि जानकारी दिए । उनले भौतिक मन्त्रालय अन्तर्गत मात्रै ५० करोड रुपैयाँ बराबरको सडक र पुलको क्षति भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा