१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बाढी पहिरोले पूर्वमा पुल र सडकमात्रै ५० करोडको क्षति

३ असार २०८०, आईतवार ०७:०२

असार ३, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्वी पहाडी जिल्लामा गएको बाढी पहिरोका कारण सडक र पुल मात्रै ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुमलगायतका जिल्लामा बाढीले पुर्‍याएको क्षतिबारे जानकारी दिँदै भौतिक मन्त्रालय अन्तर्गत पुल र सडकको मात्रै ५० करोड रुपैयाँ बढीको क्षति भएको बताएका हुन् । 

‘बाढी पहिरोले धेरै ठुलो जनधनको क्षति भएको छ । केही व्यक्तिको ज्यान गएको र कतिपय बेपत्ता हुनुहुन्छ’, मन्त्री ज्वालाले भने, ‘सरकारले बेपत्ता नागरिकको उद्धार र पीडितको राहातका लागि तीव्र काम गरिरहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोज तथा उद्धारमा खटिएका छन् ।’ 

उनले ताप्लेजुङ र पाँचथर जोड्ने मेची राजमार्गको ४६ मिटर लामो हेवा खोला पुल भत्किएपछि ताप्लेजुङ यातायातको सम्पर्कबाट पूर्णरुपमा विच्छेद भएको पनि जानकारी दिए । अरुण कोरिडोरमा ५ सय मिटर सडक बगेको, पांग्रेभिरको सडक खुलाउने प्रयास सुरु भैसकेको ,फालेलुङको पुल बगेको, फिदिम यासोक सडक अवरुद्ध भएको, कान्छी दोकान अवरुद्ध भएको, चिया भन्ज्याङको फलौचा बजारको मेवा खोला पुल भत्किएको पनि जानकारी दिए । उनले भौतिक मन्त्रालय अन्तर्गत मात्रै ५० करोड रुपैयाँ बराबरको सडक र पुलको क्षति भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट