१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एक्सन अवतारमा देखिँदै पूजा

३ असार २०८०, आईतवार ११:५७

असार ३, काठमाडौँ | अभिनेत्री पूजा शर्मा एक्सन अवतारमा देखिने भएकी छन् । अहिलेसम्म अधिकांश फिल्म प्रेमकथामा अभिनय गरेकी पूजाले फिल्म ‘दान्भी’ मा एक्सन भूमिका निर्वाह गर्न लागेकी हुन् ।

फिल्ममा पूजाको जोडीको रुपमा नायक कुन्साङ बोमजम देखिँदै छन् । रुपेश तामाङले निर्देशन गर्न लागेको फिल्म छिट्टै छायांकन हुने बताइएको छ । रुपेशले यसअगाडि निर्देशन गरेको फिल्म ‘जय शम्भु’ले तारिफ पाएको थियो । 


‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौँ । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ’ निर्देशक तामाङले भने ।

फिल्मलाई लिएर नायिका पूजा शर्मा उत्साहित छिन् । पूजाले फिल्मका लागि मिहिनेत गरिरहेको बताइन् । उनले भने,‘दर्शकमा मलाई लिएर लभ स्टोरी फिल्मको छाप छ । यसपटक दर्शकले दान्भीमा मेरो नयाँ अवतार देख्न पाउनुहुनेछ ।’ नायक कुन्साङ बोमजमले पनि फिल्मलाई लिएर आफू उत्साहित रहेको सुनाए ।

फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन् ।

फिल्मका अन्य कलाकार र टिम चाडै नै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट