बालेनको निर्णयमा दीपकराज गिरीको असन्तुष्टि, सबै भारतीय फिल्म बन्द गर्न नहुने तर्क

Posted on: 18 Jun, 2023

असार ३, काठमाडौँ | नेपाली चलचित्रकर्मीहरूले बारम्बार गर्ने गुनासो हो, हामी भारतीय फिल्मको थिचोमिचोमा पर्यौं । उनीहरुले भारतीय चलचित्रमाथि नियन्त्रण गर्न सरकारलाई आह्वान गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिबाट काठमाडौंभित्र भारतीय फिल्म चलाउन नदिने घोषणा गरेपछि आम चलचित्रकर्मीमा खुशी छाएको छ । तर, नेपाली चलचित्रकै एक स्थापित निर्माताले भने असन्तुष्टि जनाएका छन् । यसरी असन्तुष्टि जनाउने अरु कोही नभएर उनै दीपकराज गिरी हुन् ।

यसअघि बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्दा आलोचना गरेका गिरीले आदिपुरुषलाई लिएर बालेनले लेखेको स्टाटसलाई भने समर्थन जनाएका थिए । तर, आज फेरि उनले असन्तुष्ट वक्तव्य दिएका छन् ।

गिरीले ‘आदिपुरुष’ माथि रोक लगाउनु जायज भए पनि अन्य भारतीय फिल्महरू रोक्न नहुने तर्क गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘समस्या आदिपुरुषले निकालेको हो, त्यसैले आदिपुरुषमात्रै बन्द गरौं ।’

भारतबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्नसक्ने उनको चिन्ता छ ।

‘उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उताबाट त धेरै कुरा आउँछ ?’ उनको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!