नेपाललाई दोस्रो सफलता, गुल्सनले तोडे ८२ रनको साझेदारी

Posted on: 18 Jun, 2023

असार ३, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध २९१ रनको लक्ष्य पछ्याइरहेको घरेलु टोली जिम्बावेले दोस्रो विकेट गुमाएको छ ।

जिम्बावेले १२७ रन जोड्दा दोस्रो विकेट गुमाएको हो । गुल्सन झाले वेस्ली मादेभेयरलाई आउट गर्दै ८२ रनको साझेदारी तोडेका हुन् ।

जिम्बावेले २४ ओभरमा २ विकेट गुमाएर १२८ रन जोडेको छ । कप्तान क्राइग एर्भिन ६१ रनमा खेल्दैछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!