पब्जी गेम बन्द गर्न सरकारसँग सांसदको माग

Posted on: 19 Jun, 2023

असार ४, काठमाडौँ | लोसपा सांसद रामप्रकाश चौधरीले पब्जी गेम बन्द गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले पब्जी गेमका कारण बालबालिकाहरु बिग्रँदै गएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।  

‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् । आज हाम्रा बालबालिका ठोकठोक, मारमार भन्दाभन्दै पागलजस्तो भएका छन् । त्यसैले यो पवजी गेम तुरुन्त बन्द गरियोस्’, सांसद चौधरीले संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!