१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बङ्गलादेश : २६ जनालाई फाँसी दिने जल्लाद शाहजहाँ ३२ वर्षपछि रिहा, जेलबाट बाहिर आएर भने…

४ असार २०८०, सोमबार ०७:०४

असार ४, काठमाडौँ | बङ्गलादेशको इतिहासमा सबैभन्दा बढी मानिसलाई फाँसी दिने जल्लाद शाहजहान भुइया जेलबाट रिहा भएका छन् ।

७४ वर्षीय शाहजहाँ भुइयालाई जल्लाद शाहजहाँ पनि भनिन्छ । ३२ वर्षको जेल सजायपछि उनी आइतबार रिहा भएका हुन् ।


बीबीसी बङ्गलाका अनुसार जल्लाद शाहजहाँले बङ्गलादेशमा मृत्युदण्डको सजाय पाएका २६ जना दोषीलाई विभिन्न कारागारमा जल्लादको कर्तव्य निर्वाह गर्दा फाँसी दिएका थिए ।

शाहजहाँ भुइँयालाई सन् १९९१ मा प्रहरीले पक्राउ गरेको थियो । उनलाई हतियार राखेको मुद्दामा १२ वर्ष र डकैती–हत्या मुद्दामा ३० वर्ष कैद सजाय सुनाइएको थियो ।

उनलाई ४२ वर्षको जेल सजाय सुनाइएको थियो तर जेलमा उनलाई राम्रो व्यवहारका कारण सजायमा छुट दिँदै ३१ वर्षपछि रिहा गरिएको हो ।

जेलमा रहँदा पनि उनले जल्लादको काम गरे । एक दशक जेल बसेपछि उनले सन् १९८९ मा सहायक जल्लादका रूपमा आफ्नो जीवनको नयाँ अध्याय सुरु गरे । आठ वर्षपछि सन् १९९७ मा उनी प्रमुख कार्यकारी अधिकृतको पदमा बढुवा भए ।

जेलबाट रिहा भएपछि शाहजहाँले के भने ?

जेलबाट छुटेपछि जल्लाद शाहजहाँले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘मसँग बस्ने ठाउँ नभएकोले मलाई घर चाहिन्छ । प्रधानमन्त्रीलाई घर दिन अनुरोध गर्दछु ।’

‘मसँग मेरी बहिनी र भतिजा मात्र छन्, तर लामो समयदेखि सम्पर्कविहीन भएका छन् । अब बाँच्नको लागि अरूको दयामा भर पर्नुपर्ला कि भन्ने डर छ ।’

उनले भने, ‘म मेरो बाँकी जीवन शान्तिसँग बिताउन चाहन्छु ।’

मानिसलाई फाँसी दिनुपर्‍यो भनेर कुनै पछुतो छ त भनेर उनलाई प्रश्न सोधिएको थियो । यसको जवाफमा उनले भने, ‘कसैलाई मृत्युदण्ड दिने भन्ने निर्णय मैले गर्ने होइन । यो काम अदालतको हो ।’

‘अहिलेसम्म फाँसी दिइएका सबैले सर्वोच्च अदालत र राष्ट्रपतिसमक्ष पनि माफीका लागि अपिल गरेका छन् । उनीहरूको अपिल खारेज हुँदा मैले किन पछुताउनु पर्‍यो र ? ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट