२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जिम्बावेसँग खेलेको अनुभव लिएर अमेरिकाको सामना, के भन्छन् प्रशिक्षक देशाई?

२०८०, ४ असार सोमबार ०७:१६

असार ४, काठमाडौँ | नेपालले क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेसँग पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको छ। आइतवार टेस्ट राष्ट्र जिम्बावेविरुद्ध सानदार सुरुवात, बीचको मध्यम प्रदर्शन र अन्तिमको फितलो प्रदर्शन नेपालको ब्याटिङमा देखियो। बलिङमा भने नेपाल निरिह नै बन्यो। नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले खेलबारे कुरा गर्दै 'मोमेन्ट' बनाएर पनि जिम्बावेको अनुभव सामु नेपालले संघर्ष गर्नुपरेको बताए।

'हामीले यहाँ पहिलो खेल खेल्दै गर्दा २८० या ९० को लक्ष्य सेट गर्ने सोचिरहेका थियौं। ओपनरहरुबाट हाम्रो उत्कृष्ट प्रदर्शन भयो। १७० रन भन्दा धेरैको साझेदारीले हामीलाई प्लाटफर्म दियो,' उनले भने, 'खास गरि मुजरबानीको अनुभवले काम दियो। त्यस्तै अर्का स्पीनरको प्रदर्शन पनि राम्रो थियो।'


उनले पछिल्ला ५-६ ओभरमा रन जोड्न नसकेको स्वीकारे। 'खासगरि सन्दीप विकेट लिन सक्षम खेलाडी हो। तर, ब्रेक थ्रू मिलेन,' उनले विपक्षीको सानदार प्रदर्शनलाई पनि तारिफ गर्न छुटाएनन्, 'हामी त्यो टोलीसँग खेलिरहेका थियौँ जोसँग क्रिकेटको गहिरो अनुभव छ । उनीहरुले आफ्नो अनुभव देखाए। यो खेलको अनुभव लिएर अर्को खेलमा केन्द्रित हुनेछौं।'

पहिलो हारको मनोविज्ञान

जिम्बावेसँगको हारलाई उनले नेपालका लागि अनुभवका रुपमा लिएको बताए।

'हाम्रा खेलाडीहरुमा खेलको भोक छ। उनीहरु यो अवसरको खोजीमा थिए,' उनले भने, 'उनीहरुले यो अवसरलाई सम्मान गरेका छन्। उनीहरुले मैदानमा जसरी खेले मलाई गौरव छ।'

जिम्बावे विरुद्धको खेलमा केही कमजोरीहरु पनि भएको उनले स्वीकारे। उनले केन्द्रीत गरेको पक्ष भनेको पछिल्ला ओभरको ब्याटिङ र बलिङमा ब्रेक थ्रूमा थियो।

'फिल्डिङको सन्दर्भमा नेपालको राम्रो थियो। जिम्बावेविरुद्ध केही कमजोरी पनि भएका थिए। यो अनुभव उनीहरुका लागि पछिसम्म काम गर्नेछ,' उनले भने।

आफ्नो सिकाइको प्रक्रियाबारे पनि देशाइले चर्चा गरे।

'मेरो प्रोसेसहरु सँधै एकैप्रकारका हुन्छन्। धेरै स्वस्थ संवादहरु, इमानदार संवादहरु, हरेक व्यक्तित्व पहिचान, उनीहरुको पृष्ठभूमिका पहिचान महत्वपूर्ण हुन्छ। त्यसका कारण म सामान्य भन्दा धेरै समय उनीहरुसँग बिताएको छु,' उनले भने।

विपक्षीको विश्लेषण

यता, जिम्बावेका कप्तान क्रेइग इरभिनले आफ्नो टोलीले सधैँ दोस्रो इनिङ्समा ब्याटिङ गर्न सहज मान्ने भन्दै ३४० भित्रै नेपाललाई समेट्ने योजना लिएको बताए।

'१० ओभरदेखि ४० ओभरसम्म त्यहाँ पाँचजना फिल्डरहरू हुँदा त्यहाँ सधैँ बाउन्ड्री हान्ने विकल्प हुन्छ। मैले सोचेको थिएँ हामीले उनीहरुलाई ३४० रन भित्रै रोक्नु पर्छ। हाम्रा बलरहरूले वास्तवमै राम्रो गरे। मलाई लाग्छ २९० रन औसत भन्दा कम थियो,' उनले भने।

उनले नेपालको ब्याटिङ सुरुवात राम्रो हुनुको पछाडि फिल्डिङमा भएको कमजोरी एउटा कारण भएको बताए।

'हामीलाई लाग्यो यो लक्ष्य पछ्याउन सकिने थियो किनभने विकेट निकै राम्रो थियो,' उनले भने।

नेपालको अर्को परीक्षा अमेरिकासँग

विश्वकप छनोटमा नेपालले अर्को खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपालले हरारे स्पोस्ट्स क्लबमा भएको आफ्नो पहिलो खेलमा जिम्बावेसँग हार ब्यहोर्दै गर्दा त्यही समय टाकासिंगा स्पोर्टस क्लबमा हार ब्यहोरेको थियो अमेरिकाले। वेस्ट इण्डिजसँग ३९ रनको हार ब्यहोरे पनि अमेरिकाले राम्रो चुनौती प्रस्तुत गरेको थियो।

पहिलो खेलमा पराजय ब्यहोरेका नेपाल र अमेरिका मंगलवार टाकासिंगा स्पोर्ट्स क्लबमा भिड्दैछन्। दुवै टोलीको लक्ष्य प्रतियोगितामा 'बाउन्स ब्याक' गर्ने हुनेछ।

नेपाली टोलीका प्रशिक्षक देशाइले भनिसकेका छन् : यो खेलको अनुभव लिएर अर्को खेलमा केन्द्रित हुनेछौं।

त्यस्तै अमेरिकी टोलीका कप्तान मोनांक पटेलले वेस्ट इण्डिजविरुद्धको खेलबाट आफ्नो कमजोरी थाहा भएको बताउँदै यसको सुधार अर्को खेल (नेपालसँगको) खेलबाट गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह